मध्य नेपालको पहाडी जिल्ला सिन्धुपाल्चोकमा बाढीको बितण्डा: कम्तीमा २ जनाको मुत्यू १६ जना बेपत्ता

२५ असार, नेपालगञ्ज/  बुधबार राति करीब साढे १२ बजे सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा आएको बाढीले करिब १ दर्जन बढी घर बगाएको छ भने कम्तिमा १६ जना मानिस वेपत्ता छन् । बाढीका कारण सो क्षेत्रको हाइड्रोपावरमा पनि ठूलो क्षति पुर्याएको छ ।

भोटेकोसीमा बाढी आएसँगै बाह्रबिसे नगरपालिका–वडानम्बर ५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती तर्फ पस्दा एक साथ १४ घर बगाएको छ ।
बाढीले बस्तीका कम्तीमा १६ जना बगाएर लगेकोमा २ जनाको शव फेला परेको स्थानिय बासिन्दाले जानकारी दिनुभएको छ ।

स्थानीय युधिर पौडेलका उक्त बाढीले बगाउदा २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको ५ । अझै कम्तीमा १६ जना बेपत्ता छन्, उनीहरूको सेना, सशस्त्र प्रहरी र स्थानीय मिलेर बेपत्ताभएकाहरुको खोजी तथा उद्धारमा जुटिरहेका छन्, ।

३ जना घाइते रहेको र उनीहरूलाई उपचारमा लैजान माथिल्लो निकायमा हेलिकप्टरका लागि प्रयास भइरहेको पौडेलले जानकारी गराउनु भएको छ ।
अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इप्रका चौकीछेउ, खाग्दल देखि जम्बु बजार सम्मको वरिपरिको सडक र पुल सबै खोलाले बगाएपछि त्यहांको जनजीवन अस्तव्यस्त बनेको छ ।

बाह्रबीसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार बाढीले जम्बु बजार नै बगाएको छ । ठुलोधन जनको क्षती भएको जानकारी दिनुभएको छ ।

बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँको बल्कुटे स्थानमा एक घर परिवार वेपत्ता भएको छ । परिवारका ४ जना सदस्य रहेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली बोलाइएको छ । डाडे खोलाको पुल पनि बाढीले बगाएको छ । १० दिनको १ शिशु र अर्का १ बच्चाको उद्धार गरिएको छ ।  पौडेलका अनुसार सबैतिरको यकिन विवरण आइसकेको छैन, ठूलो जनधनको क्षति भएको छ ।