बांकेमा लागु औषध निस्तेज महाअभियानको असर:  करीब १ करोड बजार मुल्य पर्ने ११० ग्राम खैरो हिरोइन सहित बांकेका २ जना युवा दांगको अमिलियाबाट पक्राउ

२ साउन, नेपालगञ्ज/  बांके जिल्लामा सञ्चालन गरिएको लागुऔषध निस्तेज महाअभियानको सकारात्मक असर समुदाय स्तरमा बिस्तारै देखिन थालेको छ । उक्त अभियानकको क्रममा प्रशिक्षित ब्यक्तीहरुको सूचनाको आधारमा बांकेको नेपालगञ्ज उप–महानगरपालिकासंग जोडिएका डुडुवा र जानकी गाउंपालिका निवासी २ जना युवा लागु औषध कारोबारी गत बिहिबार सांझ दांगको अमिलियाबाट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय दांगका प्रवक्ता एवम सूचना अधिकृत मुकुन्द प्रशाद रिजालका अनुसार वाँके जिल्ला डुडुवा गाउपालिका वडा नम्बर १ बस्ने बर्ष ३० को राजु भन्ने नोर महमद दर्जी र बांकेकै जानकी गाउपालिका वडा नम्बर ३ मुक्ति नगर बस्ने बर्ष ३६ को राजा योगीले ठुलो मात्रामा लागु औषध (खैरो हेरोईन) लिएर विक्रि वितरण गर्नको लागी दाङ जिल्ला तर्फ आई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दांग र ईलाका प्रहरी कार्यालय अमिलियावाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले ति लागु औषत्र ब्यापारीहरुलाई पक्राउ गरेको जानकारी दिनुभएको छ ।

दांगको अमिलियामा पक्राय परेका ब्यक्तीबाट बरामद गरिएको हिराइन ।

सूचना अधिकृत रिजालले पक्राउ परेका ति ब्यक्तीहरु गत बिहिबार सांझ ४ः ३० बजेको समयमा बांकेबाट दांग तर्फ आईरहेको अवस्थामा दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ तल्लो अमिलिया चोकमा पूर्व हुलिया बमोजिमका शंकास्पद तरिकाले बाटोमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा निजहरुको साथबाट लागु औषध (खैरो हेरोईन) ३ वटा भागमा गिलो अवस्थामा रहेको ११० ग्राम सहित फेला पारी ति २ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जानकारी दिनु भएको छ ।

पक्राउ परेका बाँके जिल्ला जानकी गाउपालिका वडा नम्बर ३ मुक्तिनगर बस्ने बर्ष ३६ को राजा योगी यस अघि २०७१ साल कार्तिक २३ गते महानगरिय प्रहरी वृत कालिमाटी काठमाण्डौ बाट लागु औषध खैरो हेरोईन २०.६२० ग्राम सहित पक्राउ परी अदालतबाट ६ वर्ष कैद सजाय भुक्तान गरी केही महिना पहिल्य मात्र कारागार मुक्त भएका ब्यक्ती हुन ।

त्यसैगरी बांके जिल्ला डुडुवा गाउपालिका वडा नम्बर १ खडैचा बस्ने बर्ष ३० को राजु भन्ने नोर महमद दर्जी पनि २०७० साल मंसिर १६ गते जिल्ला प्रहरी कार्यालय वाँकेवाट डाँका चोरी घटनामा संलग्न भएको अभियोगमा २ वर्ष कैद भुक्तान गरी केही बर्ष पहिल्य मात्र कारागारबाट मुक्त भएका ब्यक्ती हुन ।

बांके जिल्लामा भएगरेका अपराधमा करीब ७५ प्रतिशत मुद्धामा लागु औषध सेवन गरेका ब्यक्ती संलग्न भएको पाईएपछी बांके प्रहरीले स्थानिय निकायहरुको समन्वय तथा सहयोगमा बांके ज्रिल्लाका ८१ वटै वडामा लागु औषध निस्तेज महाअभियान सञ्चालन गरेको थियो ।

उक्त महाअभियान अन्तरगत लागु औषध सेवनकर्ता तथा ओसार–पसार ,कारोबारीहरुको सूचना चुस्तदुरुस्त राखी त्यसलाई सामाजिक तथा कानुनी ब्यवस्थापनका लागि बांकेका प्रयाः सबै वडामा समितिहरु गठन गरि सबैलाई आ–आफनो ठाउंमा लागुऔषध रोकथामका लागि सक्रिय सहयोग र सूचना अदानप्रदान गर्न जिम्मेवारी सुम्पीएको केही दिनमा नै बांकेका २ जना पुराना लागु औषध ब्यापारी ठुलो मात्राको लागु औषध सहित दांगबाट पक्राउ परेका हुन ।

लागु औषध नियन्त्रणमा सक्रिय प्रहरीहरुका अनुसार नेपालको सिमा क्षेत्रमा १० मिलिग्राम लागुऔषध खैरो हिरोइनको बजार मुल्य करीब १० हजार रहेको छ । पक्राउ परेका ब्यक्तीहरुले प्रहरीलाई दिएको जानकारी अनुसार १ डोजमा करीब १० मिलि ग्राम हुने गर्दछ । उक्त १० मिलिग्राम मध्य ८ मिलिग्राम उपभोक्ताले प्रयोग गर्ने र बांके २ मिलिग्राम सप्लायसले नै आफनो उपभोगका लागि लिने परीपाटी रहेको छ ।  लागुऔषध खैरो हिरोइनको बजारमा उपभोक्ता मुल्यका अनुसार १ ग्राम खैरो हिरोइनलाई १ लाख नेपाली रुपैया पर्दछ । दांगमा पक्राउ परेको ११० ग्राम खैरो हिरोइनको बजार मुल्यका अनुसार १ करोड १० लाख पर्दछ ।