खजुरा सरकार द्वारा अति बिपन्न परिवारलाई निशुल्क भवन हस्तान्तरण

 

२७ भदौ, खजुरा/  जनताको प्रत्यक्ष सरोकार राख्ने घर-दैलोको स्थानिय सरकार खजुराले बिपन्न तथा अशक्तहरुलाई निशुल्क आवास कार्यक्रम अन्तरगत शनिबार अति विपन्न खजुरा– ३ निवासी नेत्र बहादुर गुरुङलाई ३ कोठे भवन हस्तान्तरण गरेको छ ।

नगर-उन्मुख खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया वि.क., प्रमुख प्रशासकीय अधिकृत मणिराम खनाल, योजना प्रमुख दिल बहादुर पौडेलको टोलीलले जनतालाई सुरक्षित आवासका लागि स्थानिय सरकारले तराई–मधेस समृद्धि कार्यक्रम  अन्तरगत आवास निर्माण क्षेत्रको अनुगमन गर्नुका साथै सो क्रममा गाउंपालिकाले  ४ लाख ३६ हजार ८ सय ८१ रुपैयाँ  ४७  पैसामा २ कोठा १ भान्सा कोठा र १ शौचालय रहेको घर हस्तान्तरण गर्नु भएको छ ।

खजुरा गाउँपालिका प्रमुख कक्षपतिले जनतासंग स्थानीय सरकार घरदैलोमा कार्यक्रम अन्तरगत जनतासंग आवास कार्यक्रमका साथ-साथै  जताको स्वास्थ्य सम्वन्धी पनि काम गदै आएकोमा गत वर्ष खजुरा गाउँपालिकाका सबै ८ वटै  वडाका १ हजार ५ सय बढी जेष्ठ नागरिकको आँखा जाँच र १ सय जनाको अप्रेसन निशुल्क गरिएको जानकारी दिनुभएको छ ।

उपाध्यक्ष एकमाया वि.क.ले गरीब, अति विपन्न नागरिकलाई खजुरा सरकारले  समस्याहरु पनि सम्बोधन गर्दै आएको र खजुराले भौतिक बिकासका साथ–साथै मानव बिकासलाई प्रथाकिमतामा राखेको जानकारी दिनुभएको छ ।

खजुरा गाउंपालिकामा तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत खजुरा–३ (क ) गाउँमा १६ वटा नमुना आवास निर्माणको लागि सम्झौता गरिएकोमा यहि आउदो असोज १ गते निर्माण पक्षबाट गाउंपालिकालाई हस्तान्तरण गरे पश्यात अति बिपन्नहरुलाई हस्तातरण गर्नुका सार्थ आर्थिक बर्ष २०७८/०७९ मा पनि  तराई–मधेस समृद्धि कार्यक्रम अन्तरगत ६ वटा आवास बनाउने योजनामा रहेको पालिका योजना प्रमुख दिलबहादुर पौडेल जानकारी दिनुभएको छ ।

ततकालिन केपी ओलीको सरकारले जनता आवास कार्यक्रम कार्यन्वयन कार्यबिधि ऐन २०७५ निर्माण गरेर आर्थिक बर्ष २०७७/७८ का लागि लागि ४ अर्ब ३० करोड रकम विनियोजन गरेको थियो ।