राष्ट्रपतिबाट फागुन २१ गते संघीय संसद अधिवेशन आह्वा‍न

७ फागुन,काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसदको पहिलोअधिवेशन आह्वा‍न गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम फागुन २१ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको हो।

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये ५६ जना निर्वाचित भइसकेका छन्। तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ।