कालिकोटमा प्रमुख तीन दलले गरे उम्मेद्वार छनौट

  • मनिराज पाण्डे
  • कालिकोट, वैशाख १७ 

कालिकोटमा मुख्य तीन दलले नगर तथा गाउँपालिकामा उम्मेद्वार छनौट सकिएको बताएका छन् । उनीहरुले आफ्नो पार्टीको तर्फबाट उम्मेद्वार छनौट गरेका हुन् ।

कालिकोटमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमाले बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । राप्रपा, नयाँ शक्ति नेपाल, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा पनि चुनावी दौडमा छन् ।

उम्मेद्वार छनौट गर्दा कुनैपनि दलले मुख्य पदमा दलित प्रतिनिधि छनौटमा गरेका छैनन् । नेकपा एमाले कालिकोटका अध्यक्ष नगेन्द्र शाहीले दलित प्रतिनिधिले वडामा मन गरेकाले त्यही अनुसार व्यवस्था गरिएको बताउनुभयो ।