बर्दिया प्रहरीद्धारा कटुवा पेस्तोल सहित २ जना पक्राउ

९ श्रावण गुलरीया/ जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नं.७ सदाहापुरका वर्ष ४२ को छव्बन खाँ, र वर्ष ५५ को रतन यादवलाई हतियार सहित सोमबार सांझ पक्राउ गरेको छ ।

पक्राउ परेका ब्यक्तीहरुले सदाहापुर नजिकै रहेको निलकण्ठ सामुदायिक बनमा लुकाई राखेको २ नाल कटुवा पेस्तोल,५ राउण्ड त्यसमा लाग्ने गोली र स्पेशल रिभल्वर पेस्तोलमा लाग्ने २ राउण्ड गोली समेत बिशेष सुराकीको आधारमा श्रावन ९ गते सांभ पक्राउ गरी थप अनुसन्धान सहित कार्बाही प्रक्रिया अगाढी बढाइएको  प्रहरी प्रहरीले जनाएको छ ।

उपरोक्त पक्राउ गरेको ब्यक्तीहरुलाई हात–हतियार तथा खरखजना ऐन अनुसार कार्बाही प्रक्रिया अगाढी बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत बहादुर बोहराले बताउनु भएको छ ।