दाङको बेलदमारमा दुर्घटना: ६ जना घाईते

 १२ फागुन,दाङ/ दाङको लमही नगरपालिका वडा नं. ६ बेलदमारमा आज विहिवार विहान ९:३५ बजे सवारी दुर्घटनामा ६ जना यात्रु घाईते हुनुभएको छ ।

काठमाण्डौबाट घोराहीतर्फ आउदै गरेको ना ६ ख ४१४९ नं. को रात्री बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ज ८९४ नं. को उईङगर एक-आपसमा ठोकिएर उक्त दुर्घटना भएको दाङको प्रहरीले जनाएको छ।

घाइतेहरुको लमहि स्थित अस्पतालमा उपचार भई रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते हुनुहुनेहरु….

१.जिल्ला रोल्पा, रोल्पा नगरपालिका वडा नं. १ बस्ने बर्ष २२ की मुना कुँवर ।

२. जिल्ला रोल्पा, गंगादेव गाँउपालिका वडा नं. २ बस्ने बर्ष ३० की भगुमती डाँगी ।

३.जिल्ला सल्यान त्रिवेणी गाँउपालिका वडा नं. ३ बस्ने बर्ष ५३ को मोतिलाल वली ।

४.उईङ्गर चालक जिल्ला दाङ, दंगिशरण गाँउपालिका वडा नं. ५ बस्ने बर्ष ४१ को राजन के.सी. ।

५.जिल्ला दाङ, तुलसीपुर उ.म.न.पा. वडा नं. ६ बस्ने बर्ष २६ सुमित वली ।

६.जिल्ला रोल्पा सुनिलस्मृती गाँउपालिका वडा नं. १ बस्ने बर्ष ३४ की सिमा खत्री ।

सम्बन्धित शीर्षक