नेपालगञ्ज र यस वरपर लागुऔषध कारोबारीहरु दैनिक पक्राउ अनि ३४ गल्स मसाज, १९ पुर्नस्थपना, क्यासिनोको नाममा जुवा र ..अडडा

तस्बिर: बांके प्रहरीले यस अघिका घटनाहरुको पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने क्रमको हो ।

नेपालगञ्ज १४ असार /  नेपालगञ्ज स्थित नेपाल प्रहरीको लागु औषध इकाई कार्यालय नेपालगञ्जको टोलीले केही दिन यता बांके, बर्दिया र कैलालीका बिभिन्न ठाउंबाट हरेक दिन लागु औषधका कारोबारीहरुलाई पक्राउ गरेको घटनाक्रमले देखाएको छ ।

  • असार १४ गते बिहिबार दिउसो १ः३० बजे नेपालगञ्जको वडानम्बर ११ बिपि चोक स्थित सोही ठाउं बस्ने बर्ष ३२ को रज्जत खानको शरीरको खानतलासी गर्दा निजले लगाएको पाईन्टको दाहिने खल्तिमा लुकाई राखेको अवस्थामा खैरो हेरोईन २० ग्राम फेलापारी निज लाई सोध पुछ गर्दा निजलाई उक्त लागुऔषध बिक्री गर्ने सोही ठाउं निवासी बर्ष ३९ को चाँद राई भे१२ प ७६६६ नं को मोटरसाइकिलमा पैसा बुझ्न आएको अवस्थामा फेला पारी दुबै जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान सहित दुबै जना लाई आवश्यक कारवाहि को लागी जिल्ला प्रहरी कायर्यालय बाँकेमा बुझाएको छ।
  • असार ९ गते दिउसो २ः३० बजे बांके जिल्लाको सिमाना नजिकै पर्ने बर्दियाको बढैयाताल गाउ्रपालिका वडानम्बर २ फुटाहा नजिक भारत बहराईच जिल्ला थाना मोतिपुर बस्ने बर्ष २५ को मनोज कुमार थारुको बिशेष सुचनाको आधारमा निजको शरीर खानतलासी गर्ने क्रममा निजले लगाएको पाईन्ट को वाँया खल्ति भित्र लुकाई राखेको अवस्थामा खैरो हेरोईन १०० ग्राम फेला पारी आवश्यक कारवाहिको लागी इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा बुझाएको छ।
  • असार ८ गते दिउसो २ बजेको समयमा बांके नेपालगञ्ज–१५ जमुनाहा चेकपोष्टमा चेक जांच गर्ने कूममा जुम्ला जिल्ला नराकोट– ९ बस्ने बर्ष २४ को प्रकाश बुढा क्षेत्रीलाई
    भारतको रुपैडियादेखि नेपालगञ्ज तर्फ पैदल आउदै गरेको भन्ने बिशेष सुचनाको आधारमा रोकि निजलाई खानतलासी गर्दा निजले लगाएको पाईन्टको दाहिने खल्ति भित्र लुकाई राखेको अवस्था खैरो हेरोईन २ ग्राम फेला पारी आवश्यक कारवाहि को लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ।
  • असार ७ गते दिउसो १ः३० बजेको समयमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौढीबाट बाँके जानकी गाउंपालिका वडानम्बर ६ बस्ने बर्ष २१को नन्दराम वडरिया र सोही ठाउंको बर्ष २० को अनिल कुमार गौतम भे१२प ६३१२ नं को मोटरसाईकलमा सवार भई लागुऔषधको कारोवार गर्न आउदै छन भन्ने बिशेष सुचनाको आधारमा निजलाई सोही ठाउंमा रोकी खानतलासी गर्दा मोटरसाइकलको पछाडि सवार अनिल कुमार गौतमले लगाएको पाईन्टको दाहिने खल्तिमा लुकाई राखेको अवस्थामा खैरो हेरोईन ५ ग्राम ६९०मिलिग्राम फेला पारी आवश्यक कारवाहि को लागी इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा बुझाएको छ।
  • असार ७ गते दिउसो ३ बजे बाँके जिल्ला नेपालगञ्ज–१५ जमुनाहा चेकपोष्टमा दाङ बबई गाउंपालिका वडानम्बर ३ बस्ने बर्ष २८ को भरत के.सी.लाई रा.७प ६०२० नम्बरको पल्सर मोटरसाइकलबाट भारतको रुपैडिया देखि नेपालगञ्ज तर्फ आउदै गरेको भन्ने बिशेष सुचनाको आधारमा रोकि निजलाई खानतलासी गर्दा निजले अन्डरवेड भित्र लुकाई राखेको अवस्थामा खैरो हेरोईन ६ ग्राम ५००मिलिग्राम फेला पारी आवश्यक कारवाहिको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ।
  • असार ६ गते सांझ ६ः३० २०बजेको समयमा नेपालगञ्जको जमुनाहा चेकपोष्टबाट सुर्खेत जिल्ला बीरेन्द्र नगर नगरपालिका वडा नन्बर ७ ईत्राम बस्ने बर्ष १८ को गगन कार्कि ्भारतको रुपैडिया देखि नेपालगञ्ज तर्फ पैदल आउदै गर्दा बिशेष सुचनाको आधारमा रोकि निजलाई खानतलासी गर्दा निजले मुखमा लुकाई राखेको अवस्थामा खैरो हेरोईन ३ ग्राम फेला पारी आवश्यक कारवाहिको लागी जिल्ला प्रहरी कार्यालय बांकेमा बुझाएको छ।
  • जेष्ठ ३२ गते १३ः४५ बजेको समयमा जमुनाहा चेकपोष्टबाट बाँके कोहलपुर नगरपालिका वडा नंम्बर ४ बानियाभार बस्ने बर्ष १८ को नारायण चौधरी भारतको रुपैडिया देखि नेपालगञ्ज तर्फ पैदल आउदै गर्दा बिशेष सुचनाको आधारमा रोकि निजलाई खानतलासी गर्दा निजले लगाएको ट्राउजरको दाहिने खल्तिमा लुकाई राखेको अवस्थामा खैरो हेरोईन ३ ग्राम फेला पारी आवश्यक कारवाहिको लागी जल्ला प्रहरी कार्यालय बांकेमा बुझाएको छ।
  • जेष्ठ ३१ गते सांझ ६ बजे जमुनाहा चेकपोष्टबाट बाँके कोहलपुर–१२ चपरगौडि बस्ने बर्ष १८ को ज्ञानेन्द्र बिक भारतको रुपैडिया देखि नेपालगञ्ज तर्फ पैदल आउदै गर्दा बिशेष सुचनाको आधारमा रोकि निजले बोकि ल्याएको झोला खानतलासी गर्दा निजले झोला भित्र ज्याकेटको दाहिने खल्तिमा लुकाई राखेको अवस्थामा खैरो हेरोईन २० ग्राम फेला पारी आवश्यक कारवाहिको लागी जिल्ला प्रहरी कार्यालय बांकेमा बुझाएको छ।
  • जेष्ठ ३० गते दिउसो १३ः ३० बजेको समयमा बाँके नेपालगञ्ज उप–महानगरपालिका वडा नंन्बर १४ उदयपुर बस्ने बर्ष २०को राम सिंह लोनिया लाई बिशेष सुराकीले दिएको सुचनाको आधारमा सोही ठाउंमा फेला पारी खान तलासी गर्दा निजको साथबाट खैरो हेरोईन ९ ग्राम फेला पारी आवश्यक कारवाहिको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको ।
  • जेष्ठ २८ गते सांझ ७ बजे बाँके जमुनाहा चेकपोष्टबाट बर्दिया बासगढी–७ मोतिपुर बस्ने बर्ष ३० को मनोज बिक भारतको रुपैडिया देखि नेपलगञ्ज तर्फ पैदल आउदै गर्दा बिशेष सुचनाको आधारमा रोकि खानतलासी गर्दा निजले मलद्वार भित्र लुकाई राखेको अवस्थामा खैरो हेरोईन २ ग्राम फेला पारी आवश्यक कारवाहिको लागी जिल्ला प्रहरी कार्यालय बांकेमा बुझाएको छ।
  • जेष्ठ २७ गते १२ः४५ बजेको समयमा जिल्ला कैलाली रामपुर बस्ने बर्ष ५४ को सुकानु चौधरीले लागुऔषको कारोबार गर्छ भन्ने बिशेष सुचनाको आधारमा नेपालगञ्जबाट गएको लागु औषध ब्युरोको बिशेष अप्रेशन टोली कैलाली जिल्लाको कैलालि गाउ्रपालिका वडानमबर ७ रामपुर स्थित सडक खण्डमा निज सुकानु चौधरी से ७प २५०४ नं को स्कुटीमा सवार भई आईरहेको अवस्थामा रोकी खान तलासी गर्दा निजले लगाएको पाईन्टको दाहिने खल्तिमा कालो प्लाष्टिकमा पोको पारी राखेको ३८ ग्राम ४८० मिलिग्राम खैरो हेरोईन फेला पारी स्कुटी सहित बरामद गरी आवश्यक कारबाहिको लागी जिल्ला प्रहरी कायर्यालय धनगढि कैलालीमा बुझाएको छ।
  • यस अघि प्रहरीले बांके र दांगको सिमाना अमेलीया क्षेत्रबाट पक्राउ गरेको लागु औषधको फाइल फोटो हो ।

 

नेपालगञ्ज केन्द्रिय कारागारमा ७ सय जना हाररहारीमा रहेको कैदी संख्याको कम्तीमा २५ प्रतिशत त लागु औषधका करोबारीहरु मात्र बन्दी रहेको तथ्यांक छ । यो आंकडाले पनि पछील्लो केही बर्ष यता नेपालमा लागु औषध सेवन कर्ता र कारोबारीहरु हवात्तै बढेको अवस्था रहेको देखाउछ ।

नेपालगञ्जमा सामाजिक बिकृतीको त कुरै हुन छाडेको अवस्था रहेको छ । नेपालगञ्जमा क्यासिनोको नाममा अबैध जुवा र यौन अखडाको रुप परिवर्तन गरेर ब्रान्डेड रक्सीको नाममा भारतिय नक्कली रक्सी, स्पाका नामका ३४ गल्स मालिस…. सेन्टर र १९ वटा पुर्नस्थापना सेन्टरहरु युवा–युवतीहरुको भरीभराउ हुने घटनाले नेपाली समाज बिशेष गरी नेपालगञ्जको समाज कता गइरहेको छ भन्ने सुचकको रुपमा उक्त घटनाक्रमहरुले संकेत गरेको छ ।