निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवारले २५ लाख र प्रदेशसभाका उम्मेदवारले १५ लाख सम्म खर्च गर्न पाउने

२८ असोज, नेपालगञ्ज/ निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभाका उम्मेदवारले बढीमा १५ लाखसम्म खर्च गर्न पाउने निर्णय गरेको छ। आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको हो।

प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारले बढीमा दुई लाख र प्रदेशसभाका उम्मेदवारले एक लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन्।

प्रतिनिधिसभाका उम्मेदवारले सबैभन्दा बढी ८ लाख रुपैयाँ गोष्ठी र अन्तर्क्रियामा खर्च गर्न पाउनेछन्। यो प्रयोजनमा प्रदेशसभाका उम्मेदवारले चार लाख ८० हजार खर्च गर्न पाउनेछन्। यस्तै मतदाता नामावली खरिदमा प्रतिनिधिसभाका उम्मेदवारले ३ हजार र प्रदेश सभाका उम्मेदवारले १८ सय रुपैयाँ मात्र खर्च गर्न पाउनेछन्।

कुन शीर्षकमा कति खर्च ?