नेपालमा पहिलो पटक एतिहासिक रुपमा यहि मंसिर २१ गते दोस्रो चरणको संघिय र प्रदेश सभा सदस्य पदको निर्वाचन हुन गैरहेको छ ।
निर्वाचन प्राबिधिक बिषयले हार वा जित घोषणा गर्नुपर्ने भएपनि यस्ता इतिहास बन्ने बिषयमा कसैको पनि जित वा हार हुदैन ।
यस्तो इतिहास निर्माणमा सबै सहभागी भएर सबैको जितको इतिहास कायम गर्नुपर्दछ ।
यो इतिहासिक रुपमा सम्पन्न हुन गैरहेको निर्वाचन शान्तीपूर्णरुपमा सम्पन्न गरिएमा सबैको जित हुने निश्चित जस्तै छ ।
जहांनिया राणाशासन देखी–ठकुरी बंशिय शासनको अन्त्य पछी नेपालमा पहिलो पटक संघिय लोकतान्त्रीक गणतन्त्रको जग बसाउने इतिहासिक काम हुन गैरहेको निर्वाचनले गर्दैछ ।
पहिलो चरणको निर्वाचन सम्पन्न भएर दोस्रो चरणको सम्पन्न हुन गैरहेको यो निर्वाचनलाई गणितिय आंकडाको हार जितको आंखाबाट कसैले पनि हेर्ने वा बुझने कोशिस गर्नु हुदैन ।
यो जित हार प्राबिधिक बिषय भएपनि समय परिवर्तन संगै समाजको पनि रुपान्तरणका लागी शासकिय सोरुप पनि परिवर्तन समयको मागले गर्दछ ।
नेपाली समाज यतिखेर रुपान्तरणको माग गरिरहेको अवस्थामा छ । यस पटकको निर्वाचनमा नेपाली जनताले रुपान्तरणकारी भुमिका निर्वाह गदै परिवर्तनको लागी संघिय लोकतान्त्रीक गणतन्त्रको पक्षमा मतदान गरेर समाजको समृद्धि र विकासको पक्षमा आफनो अमुल्य मत जाहेर गरेर समाज परिवर्तनको संवाहक नेपाली जनता बन्नुपर्दछ ।
जनता आतुर छन, नेपालमा गुणस्तरिय दिगो विकासका लागी स्थायी सरकार आवश्यक पर्दछ । स्थायी सरकारका लागी परिवर्तनकारी शक्तीको पक्षमा मतदान गर्नुपर्दछ ।
त्यसैले यो इतिहासिक महान काम निर्माणको घडिमा सबै नेपाली जनता आफना इच्छा, आंकक्षा, असन्तुष्टिहरु लाई थाती राखेर शान्तिपूर्णरुपमा मतदान प्रक्रियामा सहभागी भएर आफनो अमुल्य मतदान गर्न आग्रह गरि सबैलाई मतदानमा सरिक बनाएर परिवर्तनकारी शासकिय सोरुपको बलियो जग निर्माणको घडिमा निर्वाचन प्रक्रियामा सबै सहभागी भएर सुनौलो इतिहास निर्माणमाका लागी सबै नेपाली जनतालाई बिजयी बनाउ र बनौं ।
हाम्रो संरचना । १९ मंसिर २०७४, मंगलवार १३:११