प्रेस स्वतन्त्रता सेनानी एवम सम्पादक रामगोपाल वैश्यको निधन

८ पुस नेपालगञ्ज/ खरो र दरो पत्रकारीतामा निर्भीक,लगनशील,अनुभवी, अग्रज सच्चा प्रेस स्वतन्त्रता सेनानी एवम पश्चिम नेपालमा पत्रकारीताको माध्यमबाट राजनैतिक तथा शैक्षिक जागरण फैलाउने एक अभियन्ता शंखनाद पत्रिकाका सम्पादक/ प्रकाशक रागोपाल वैश्य  ७४ वर्षको उमेरमा शुक्रबार राती ११ बजे आफ्नै निवासमा निधन भएको हो ।

केही समय यता प्रोस्टेट गल्याण्डको क्यान्सरबाट पीडित रहनुभएका  प्रेस स्वतन्त्रता सेनानी  बैश्य केही समय यता प्रोस्टेट गल्याण्डको क्यान्सरबाट पीडित रहनुभई बिभिन्न ठाउंमा उपचारत हुनुहन्थ्यो ।

बिरामी भई अस्पतालमा उपचारत रहेको समयमा स्वर्गिय रामगोपाल बैश्य छोरा अजयको साथमा कुराकानी गदैगरेको समयकोहो । फोटो : रुद्ध सुबेदी

छ छोरा एक छोरी र श्रीमतीसहित रानीतलाउ नजिकैको आफ्नो निवासमा बस्दै आएका स्व. बैष्यको हिन्दू परम्परा अनुसार शनिबार दिउसो १ बजे बुलबुलिया स्थित मसान घाटमा अन्तिम संस्कार गरिने उनका साहिला छोरा तथा आजको सामना साप्ताहिकका प्रकाशक सम्पादक अजय गुप्ताले जानकारी दिनुभएको छ ।

२०२६ सालदेखि बर्दियाको गुलरियाबाट पत्रकारिता सुरु गर्नुभएका  स्व। बैश्यले राष्ट्रपुकार, चेतना साप्ताहिक बिबिसि मा समेत काम गरिसक्नु भएको थियो । नेपालगञ्जबाट नियमित प्रकासन भइरहेको शंखनाद साप्ताहिकका प्रकाशक/ सम्पादक समेत रहनुभएका  स्वर्गिय रामगोपाल वैश्य प्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछौ ।

बि.सं २०२४ सालमा तत्कालीन  अञ्चालाधिशसंग राजनितिक बहस भएका कारण भ्रष्टाचारको झुठो मुददामा पहिलो पटक जेल पर्नुभएका बैश्य दवारा नेपालगञ्जबाट नियमित सम्पादित/ प्रकाशित भइरहेको शंखनाथ पत्रिकाका सबै अंकमा साच्चिकैको पत्रकारीताका लागी अहिल्य पनि उदाहरणिय छन ।

रामगोपाल दवारा सम्पादित ति हरेक अंक बिशेष छन । नेपालगञ्जबाट पश्चिम नेपालका समाजका लागी शिक्षा, स्वास्थ्य,राजनैतिक चेतना लगायत जनजिवनका नियमित समाचार स्तम्ब, सम्पादकिय सबैमा उत्कृष्ट समायोजनका नमुना उक्त पत्रिकामा देख्न र पढन पाइन्छ ।

रामगोपाल वैश्यको पछील्लो समयमा पत्रकारीतामा खासै चर्चा नभएकोमा उहांलाई न सोधेको थिए, किन रामगोपालको नाम पत्रकारीतामा खासै चर्चामा नभएको उहांको भनाइ थियो बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।

उहांले सम्पादन गरेको शंखनाथको नियमित प्रकासन हुदै आएको त्रिभुवनचौक बोल्दछ कोलम उहांको अत्यन्त चर्चित र लोक प्रिय रहेको थियो । जनमत संग्रहको समयमा नेकपा एमालेका स्वर्गिय नेता मनमोहन अधिकारी नेपालगञ्जमा आउदा र सहयोग गर्नुभएका रामगोपाल बैश्य पछील्लो समय बिरामी भएर नेपालगञ्ज तथा  चितवनको भरतपुरमा  समेत उपचार गराउदै आउनुभएको थियो ।