लागुऔषधको करोबारीलाई “सिदा कार्बाही” नेपालमा ५ वर्षमा ३ अर्बको लागुऔषध बरामद

१३ पुस,काठमाडौं/   भारतबाट आयातीत लागुऔषधको करोबार नेपालमा बढ्दै गएको छ। लागुऔषध नियन्त्रण तथ्यांकअनुसार पाँच वर्षयता देशभर ३ अर्ब १६ करोड ८ लाख ९१ हजार दुई सयबराबरको लागुऔषध बरामद भएको छ। त्यसमध्ये नियन्त्रित औषधि जन्य लागुऔषध मात्रै १ अर्ब ९ करोड १४ लाख ७१ हजार २ सय रुपैयाँबराबरको बरामद भएको छ। 

यो संख्या बरामद भएका औषतको ३३ प्रतिशत हो।  पाँच वर्षयता देशभर हिरोइन, कोकिन, चरेस र गाँजा जन्य लागुऔषध २ अर्ब ६ करोड ९४ लाख २० हजार रुपैयाँ बराबरको बरामद भएको छ।

ब्युरोका डिएसपी प्रेमबहादुर शाही नियन्त्रित लागुऔषध भारतीय बजारमा सजिलै पाइने र नाफा पनि धेरै हुने भएकाले कारोबारीको ध्यान यसतर्फ गएको बताउँछन्। उनले भने, ‘भारतमा एक सेट लागुऔषध २ सयदेखि ३ सय रुपैयाँमा सजिलै किन्न पाइन्छ। त्यही औषधि नेपाली बजारमा प्रतिसेट १२ सय रुपैयाँमा सजिलै बिक्छ।

भारतीय लागुऔषध कारोबारीले नेपाललाई लागुऔषध करोबारको ‘हब’ बनाएका छन्। लागुऔषध कारोबारमा पक्राउ पर्नेमध्ये अधिकांश भारतीय नागरिक रहेको भेटिएको छ। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार भारतीय लागुऔषध कारोबारीको मुख्य बजार काठमाडौं उपत्यका हो।

त्यसपछि अर्को सुनसरीको धरान। कास्कीको पोखरालाई पनि लागुऔषध करोबारको नयाँ केन्द्रका रूपमा विकास गर्ने प्रयत्नमा उनीहरू जुटेको खुलेको छ। ब्युरोका अनुसार लागुऔषध करोबारमा सबैभन्दा धेरै नेपालीको संलग्नता रहेको पाइएको छ । पाँच वर्षयता १५ हजार ५ सय ४९ लागुऔषधका कारोबारी पक्राउ परेका छन् । त्यसमध्ये १४ हजार ८ सय ३९ कारोबारी नेपाली छन्।

औषधको नेपालमा बढदो कारेबार र लागु औषधको उपभोगमा युवा पिडी संलग्न भएकाले नेपाल प्रहरीले लागु औधको कारोबारी र प्रयोग कर्तालाई स्सिधा कार्बाहीू कार्यक्रम लिएर स्थानिय नागरिकहरुको सहभागीतामा लागु औषध रोकथामका लागी टोल समितिहरु नै गठन देखी बिद्यालय स्तरसम्ममा जनचेतनाका बिभिन्न कार्यक्रमहरु गदै आएको छ ।