चैत्र १ गते देखी २० बर्षे पुराना सवारी साधन सरकारले जफत गर्ने

२२ फागुन, काठमाण्डौं/ आगामी चैत्र १ गते देखी २० बर्ष पुराना गाढीहरु सडकमा गुडिरहेको पाइएमा नेपाल सरकारले ठाउंको ठाउं जफत गर्ने एक सार्वजनिक सुचना जारी गरि सर्वसाधरणलाई जानकारी गराएको छ ।

नेपाल सरकारको यातायात ब्यवस्था बिभागले जारी गरेको सुचनामा सरकारले बिर्षे पुराना सवारी साधन बन्द गर्ने यस अघि नै निर्णय गरिसकेको तर उक्त निर्णय अटेर गरेको पाइएकोले आगामी चैत्र १ गते देखी उक्त निर्णयको पालना गर्न गराउन सम्वन्धीत जिम्मेवार निकायलाई जानकारी गराइएको छ ।

यातायात ब्यवस्था बिभागका महानिर्देशक रुपनारायण भटटराईका अनुसार देशभरका यातायात र ट्राफिक कार्यालयलाई अनुगमन गरि २० बर्षे पुराना सवारी साधन चलाएको पाइएमा ठांउको ठाउं जफत गरि प्रदुषण तथा सडक दुर्घटना न्यूनिकरण गर्नमा सबै सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।