नेपालगञ्जको सेतु चौकमा गैर कानुनी रुपमा सञ्चालनमा रहेको एसेम्बली चर्चका नाममा अरबौं डलर ल्याएर सर्वसाधरण नेपालीहरुको धर्म परिवर्तन गराउदै आएको बिषयमा सरकार द्वारा छानबीन

२४ बैशाख, नेपालगञ्ज/  नेपालगञ्जको सेतु चौकमा रहेको एसेम्बली आफ न्यू लाइफ चर्चका नाममा गैर कानुनी रुपमा बैदेशिक रकम भित्रयाएर धर्म परिवर्तन गर्ने कार्यमा लगाएको बिषयमा नेपाल सरकारले छानबीन प्रक्रिया अगाढी बढाएको छ ।

नेपालगञ्ज उप महानगरपालीका वडा नम्बर ४ स्थित सेतु चौक देखी दक्षिण पूर्वमा रहेको एक निजि २ तला घर भाडामा लिएर सञ्चालन भइरहेको उक्त चर्च गैर कानुनी रुपमा सञ्चालन भई गैर कानुनी रुपमा अरबौं रुपैया नेपाल ल्याएर धर्म परिवर्तन गर्ने कार्यमा लगाएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी परेको थियो ।

नेपालमा बिशेष गरि आर्थिक तथा सामाजिक क्षेत्रमा पिक्षडिएका आदिबासी जनजाती तथा दलितहरुको धर्म परिवर्तन गराउन नेपालमा सक्रिय रहेका चर्चहरुका गैर कानुनी बिषयमा परेका उजुरीहरुको छानबीन गर्ने क्रममा नेपाल सरकारको आधिकारीक छानबीन तथा कार्बाही गर्ने निकायमा परेका उजुरीहरुलाई अख्तियारले जिल्ला प्रशासन कार्यालय, बांके र जिल्ला प्रहरी बांकेको बिशेष शाखा मार्फत छानबीन गरिरहेको हाम्रो संरचनालाई जानकारी प्राप्त भएको छ ।

नेपालमा राजनितिक परिवर्तन सगै बदलिएको परिस्थितीमा नेपालमा क्रिशियन धर्म प्रचारमा तिब्रता आएको र बिभिन्न आर्थिक तथा अवसरको लोभ लालचमा धर्म परिजर्तन गराउने कार्य भइरहेको सञ्चार माध्यममा समाचार आइरहेकै समयमा नेपालगञ्जको न्यूरोड स्थित सेतु चौक नजिक अपारदर्शि ढंगले सञ्चालमा रहेको एसेम्बली चर्चले अरबौं डलर ल्याएको आरोप सहित एक स्थानिय ब्यक्तीले लिखित उजुरी समेत दिएको पाईएको छ ।

चर्चको प्रहरी तथा स्थानिय प्रशासनले छानबीनको क्रममा सरकारका आधिकारीक निकायमा स्वीकृत नलिएर गत २०७२ साल जेष्ठ २७ गतेबाट सञ्चालनमा रहेको र उक्त चर्चका बिषयमा छानबीन गरिरहेकै अवस्थामा चर्चको बोर्ड हटाएको र बारम्बार घर परिवर्तन गदै बसेको र मुख्य सञ्चालकहरु संग बारम्बारको प्रयास पछी पनि सम्पर्क हुन नसकेको छानबीनमै खटिएका एक प्रहरी अधिकारीले बताएका छन ।

छानबीनको क्रममा चर्चको लागी भनी केही जग्गा खरिद गरेको, आफनो धर्म प्रचारका लागी केही ब्यक्तीहरु परिचालित गरेको, चर्चमा बिशेष गरि शनिबार केही ब्यक्तीहरु भेला हुने गरेको र अरबौं डलरका बिषयमा छानबीन चलिरहेकाले यसै भन्न नसकिने स्रोतले बताएको छ । नेपालमा केही सामाजिक संघ–संस्था तथा ब्यक्तीहरुलाई नेपालमा धर्म परिवर्तनको लागी मरिमेटेको आरोप पनि लाग्दै आएको छ ।

नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हक र कर्तब्य अन्र्तगत धारा २६ मा धार्मिक स्वतन्त्रताको हकको २ मा धार्मिक गुट सञ्चालन तथा संरक्षणको लागी नेपालको प्रचलित कानुन बमोजिम सञ्चालन हुनुपर्ने आशय ब्यक्त गरिएको छ भने हालै संसोधन गरिएको मुलुकी ऐनमा लोभ लालच वा अन्य कुनै कारणले धर्म परिवर्तन गराउन नपाउने ब्यवस्था गरिएको छ ।

सम्बन्धित शीर्षक