प्लान इन्टरनेशनल नेपालका एकै पटक ७६ कर्मचारी हटाइएकोमा कर्मचारीबाट बिरोध प्रदर्शन

हटाइएका कर्मचारीहरुले प्लान इन्टरनेशनल नेपालको ललितपुरको बखुण्डोल स्थित केन्द्रीय कार्यालय बाहिर आफुहरुलाई नहटाउन भन्दै सोमबारबाट धर्ना ।

४ मंसिर नेपालगञ्ज/  बिगत २५ बर्ष देखी नेपालमा नेपालमा काम गरिरहेको गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपाललेले एकै पटक ७६ जना कर्मचारीलाई हटाएको विरोधमा हटाइएका कर्मचारीहरु विरोध जनाएका छन ।

हटाइएका कर्मचारीहरुले प्लान इन्टरनेशनल नेपालको ललितपुरको बखुण्डोल स्थित केन्द्रीय कार्यालय बाहिर आफुहरुलाई नहटाउन भन्दै सोमबारबाट धर्ना दिएका छन ।

प्लान इन्टरनेसनलका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले हटाइएका कर्मचारीहरुलाई गत २४ अक्टोबरका दिन एक साथ सबैलाई स्काईप बैठकबाट ३१ डिसेम्बर २०१८ बाट लागू हुनेगरी हटाएको घोषणा गर्नुभएको थिया । बर्खास्त गरिएको पत्र सम्विन्धत कर्मचारीलाई दिन सोही दिन मातहतलाई निर्देशन समेत गर्नुभएको थियो ।

एकै पटक निकालिएका कर्मचारीहरुमा विकास संयोजक, सुरक्षा गार्ड र सूचना प्रविधि संयोजक रहेका छन् । उनीहरु विभिन्न काठमाण्डौ, सुनसरी,सिन्धुली,पर्सा, बांके, बर्दिया, लगायत १ दर्जन बढी जिल्लामा कार्यरत रहेका थिए ।

अचानक आफूहरुलाई बर्खास्त गरिएको भन्दै पीडित कर्मचारीहरुले यसअघि समाज कल्याण परिषद्, श्रम कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थामा आफुहरु अन्यायमा परेको भन्दै ज्ञापन पत्र बुझाईसकेको जानकारी दिएका छन ।

त्यसैगरि पिडित कर्मचारीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई समेत नियम विपरित प्लान इन्टरनेसनलले हटाएकोमा ध्यानाकर्षण गराउने जानकारी दिएका छन् ।

कर्मचारी हटाउने प्लान संस्थाको निर्णय नेपालको श्रम ऐन २०७४ को दफा १४५ विरुद्ध रहेकाले उक्त निर्णय खारेज गर्दै अविलम्ब पुनर्वहाली गर्न माग गरेका छन् ।

नेपालको श्रम ऐन २०७४ को दफा १४५ मा प्रतिष्ठान सञ्चालनमा आर्थिक समस्या उत्पन्न भएमा वा एकभन्दा बढी प्रतिष्ठानहरु गाभिएको कारण श्रमिक सङ्ख्या बढि भए वा अन्य कुनै कारणले प्रतिष्ठान आंशिक वा पूर्ण रुपमा बन्द गर्नुपर्ने भएमा रोजगारदाताले श्रमिकको सङ्ख्यामा कटौती गर्न सक्ने उल्लेख छ ।

प्लान इन्टरनेसनलले कर्मचारी हटाउनुपर्ने कारणहरुमा संस्थाको बिश्व ब्यापी र राष्ट्रि आवश्यक रणनिती हनुसार कर्मचारी कटौती गर्नुपरेको जानकारी दिएको छ ।