कोहलपुरमा जारि दोस्रो मेयर कप रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिता: १५ सय मिटर दौडमा गोरखा पब्लिककी विर्सना प्रथम

१३ माघ,कोहलपुर / कोहलपुरमा जारि दोस्रो मेयर कप रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिताको १५ सय मिटर दौडमा गोरखा पब्लिक स्कुलकी विर्सना कुमाल प्रथम हुनु भएको छ ।
कोहलपुर–१२ स्थित ज्ञानज्योति माविमा जारी प्रतियोगिताको आइतबारको खेलमा लक्ष्मी माविकी बासना कार्की दोस्रो र साइनिङ्ग स्टार माविकी अन्जु राना तृतीय हुनु भएको छ ।

१ सय मिटर दौड छात्रा तर्फ लक्ष्मी माविकी बासना कार्की प्रथम, साइनिङ्ग स्टार माविकी लक्ष्मी सुनार दोस्रो र डायनमिक माविकि हिमसरी खड्का तृतीय हुनुभयो । छात्रतर्फ जनज्योति पब्लिक स्कुलका सुवास बराल प्रथम, त्रिभुवन माविका सहन चन्द्र शाह दोस्रो र गोरर्खा यूनाईटेड पब्लिक स्कुलका हार्दिक राना तृतीय हुनु भयो ।

छात्रा भलिबल तर्फ ज्ञानज्योति मावि, त्रिभुवन मावि, गोरखा यूनाइटेड पब्लिक स्कुल र साइनिङ्ग स्टारमा सेमिफाइनलमा प्रवेश गरेका छन भने छात्र भलिबल खेलमा ब्राइटलाइट मावि, ज्ञानज्योति मावि, डाईनामिक मावि, बागेश्वरी एकेडेमी ग्रिन पिस मावि, कृष्ण मावि र जन ज्योति पब्लिक स्कुल क्वाटर फाइनलमा प्रवेश गरेका छन । सोमबार बिहान ७ बजेदेखि छात्र भलिबलका क्वाटर फाइनल तथा छात्रा भलिबलतर्फ सेमिफाइनलका खेलहरु हुने आयोजकले जनाएको छ ।