नेपालगञ्ज ३१ असार / नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार बिहान आयोजित बिशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नेकपा एमालेका अध्यक्ष एवम एमाले संसदिय दलका नेता केपी शर्मा ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त हुनुभएपछी सोमबार भब्य सपथ ग्रहण समारोहको आयोजना गरिएको थियो । त्यसैगरि प्रधानमन्त्री वलीले सपथ लिएपछी २२ सदस्यीय मन्त्रिपरिषदमा सहभागी अन्य मन्त्रीहरुलाई पनि सपथ खुवाउनु भएको छ ।
त्यसरी सपथ खान पाउने मन्त्रिपरिषद सदस्यहरुमा यसप्रकार छन :–
१) केपी शर्मा ओली, प्रधानमन्त्री
२) प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३) विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४) पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५) रमेश लेखक, गृह मन्त्रालय
६) शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७) आरजु राणा देउवा, परराष्ट्र
८) नवलकिशोर साह सुडी, महिला बालबालिका
९) बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०) दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११) देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२) तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३) प्रदीप यादव, खानेपानी
१४) प्रदीप पौडेल, स्वास्थ्य
१५) अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६) बद्री प्रसाद पाण्डे, पर्यटन
१७) रामनाथ अधिकारी, कृषि
१८) विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९) मानवीर राई, रक्षा
२०) दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१) राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२) ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण
हाम्रो संरचना । ३२ असार २०८१, सोमबार १४:१७