आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३७२ स्वर्ण,३७२ रजत र ५६३ काश्य पदकका लागि खेलाडीहरु सहित ७ हजार ७ सय ५ जना सहभागी

१७ चैत्र,नेपालगञ्ज/  प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार २११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद राखेपले बैशाख ५–११ सम्म आयोजना हुने प्रतियोगितामा कुल ३५ खेलमा महिला र पुरुष गरि ५ हजार २ सय ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन ।

प्रतियोगितामा सहभागी खेलाडी मध्ये २ हजार ८२५ पुरुष खेलाडी र २ हजार ३८६ महिला खेलाडी, ६४० प्रशिक्षक र ४६१ टिम ब्यबस्थापक रहेका छन् । त्यसै गरि प्रतियोगिता संचालन गर्न ९ सय २२ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायक र ४ सय ७१ स्थानीय निर्णायक रहने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतियोगितामा खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।  व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिक तर्फको विजेताले ७ हजार पाउने परिषदले जनाएको छ ।

खेलहरुमा पुराना राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार नगद पुरुस्कार पाउने राष्ट्रिय खेलकुद परिषदकाका सदस्य सचिव केशवकुमार बिष्टले आईतबार नेपालगञ्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

प्रदेश ५ का विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगिताको उद्घाटन २०७५ साल बैशाख ५ गते र समापन बैशाख ११ गते नेपालगञ्ज रंगशालामा हुने समय तालीका परिषदले सार्वजनिक गरेको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुन खेल समाबेश गरिएको छ ?

सम्बन्धित शीर्षक