भारतीय ‘बाँध’ले नेपाली बस्ती डुबानमा

 

नरैनापुर गाउपालिका अध्यक्ष इस्तियाक अहमद शाह नेतृत्वको टोली उद्दारमा Photo : Alam Khan

९ असार, काठमाडौं / भारतले सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय नियम विपरीत निर्माण गरेको ‘बाँध जस्तो सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ ।

नरैनपुर भारतीय सीमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो । पालिकाको उत्तर तिरबाट बग्ने पानीले पूर्व–पश्चिममा भारतले निर्माण गरिरहेको बाँध जस्तो सडकका कारण कारण निकास नपाउँदा नरैनापुरका १,२ र ३ वडा डुबान परेका हुन् ।

बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटीहा, वहाबपुर्वा, रोसनपुर्वालगायत दर्जनौँ गाउँ डुबानमा परेका छन् । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।