इन्टिग्रिटी आइडल आवर्ड विजेता बर्दियाका सिडियो राम बहादुर कुरुम्बाङ्ग सरुवा हुदा बर्दिया बासि स्तब्ध र भावुक

७ कार्तिक,बर्दिया/  बर्दियाका ८ ओटै स्थानीय तहका जनप्रतिनिधि, बिभिन्न पेशाकर्मिहरु, सरकारी तथा गैरकसरकारी कर्मचारीले बिहीबार एक भव्य समारोहका बीच सम्मानका साथ जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी  राम बहादुर कुरुम्बाङ्गलाई बिदाइ गरेका छन् ।
बर्दियाको गुलरिया, मधुवन, ठाकुरबाबा, राजापुर, बाँसगढी, बारबर्दिया नगरपालिका, बढैयाताल र गेरुवा गाउँपालिका गरी ८ ओटा स्थानीय तह लगायत सरकारी कार्यालयको संयुक्त आयोजनामा एक कार्यक्रमका बीच प्रजिअ कुरुम्बाङ्गलाई सम्मान पत्रका साथ बिदाइ गरिएको छ ।

सम्मान तथा बिदाई समारोहमा बार एसोसियशन बर्दियाका अध्यक्ष देविदत्त देवकोटाले कुरुम्बाङ्गलाई लक्षित गर्दै प्रस्तुत गरेको यो भावनात्मक कविता सुनेर बिदाइ कार्यक्रमका सहभागी सबै स्तब्ध र भावुक बनेर गहबाट आँशु बगाएपछि प्रजिअ कुरुम्बाङ्गले पनि कालो चस्मा लगाएर आफनो गर्भको आसु केही बेर छोप्नु पर्ने अवस्था सृर्जना भएको थियो ।

बर्दियाबाट सरुवा भएर स्याङ्जा जान लाग्नुभएका प्रजिअ कुरुम्बाङ्गले आफनो ठाउंमा प्रेमलाल लामिछाने आउनुहुने बताउँदै आफूलाई जस्तै उहाँलाई पनि सहयोग गर्न कुरुम्बाङ्गले आग्रह गर्नुभएको छ ।

प्रजिअ कुरुम्बाङ्ग देशभरका राष्ट्रसेवक कर्मचारीहरुको प्रतिस्पर्धामा सन् २०१८ का इन्टिग्रिटी आइडल आवर्ड विजेता हुन सफल हनुभएको थियो भने बर्दियाका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गकै नेतृत्वमा नेपाल सरकार गृह मन्त्रालयको मूल्याङ्कनमा गएको वर्षको कार्य सम्पादनमा देशभरका ७७ जिल्ल्लामध्ये जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको थियो ।

कुरुम्बाङ्ग तेह्रथुम जिल्ला फेदाप गाउँपालिका १ का स्थायी बासिन्दा हुनुहुन्छ । स्नातकोत्तर उत्तीर्ण कुरुम्बाङ्ग २०४६ सालमा सुब्बाबाट सरकारी जागिरमा प्रवेश गर्नुभएको हो ।

त्यसपछि २०४९ सालमा नेपाली सेनाको (सहायक सेनानी) सेकेण्ड लेफ्टिनेन्टबाट नाम निकालेपछि २०५३ सालसम्म नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टमा जागिरे हुनुभयो । ने

सेनाको जागिर छोडेर फेरि २०५५ सालमा निजामती कर्मचारीको अधिकृतमा नाम निकाल्न सफल हुँदै उहाँ उप-सचिव हुनुभएको हो ।

अछाम, ताप्लेजुङ्ग, सोलुखुम्बु, म्याग्दी, प्यूठान, मोरङ्ग डोल्पा, बर्दिया जिल्लामा बसेर काम गर्दा आफु थप हौसला र सहयोग प्राप्त गरेकोमा सबैलाई आ-आफनो जिम्मेवारी इमानदारिताका साथ कर्तब्यनिष्ट भएर जनसेवा गर्दा प्राप्त हुने आनन्द अन्त कतै नपाईने भएकाले त्यस तर्फ लाग्न अनुरोध गर्नुभएको छ ।

समारोहमा बोल्ने क्रममा कुरुम्बाङ्गले आफनो इमान्दारिताका साथ कर्तब्यबोध गरेर कहि कतै नडगमागाउने बताउदै सकेसम्म जनचाहनालाई ध्यानमा राखेर शासक नभएर सेवक भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

स्थानिय निकायको तर्फबाट सम्मान प्रत्र दिदै स्थानिय जनप्रतिनिधिका साथमा बर्दियाका प्रमुख जिल्ला अधिकारी  राम बहादुर कुरुम्बाङ्गलाई बिदाइ समारोहको । तस्बीर: भाबुक

बर्दियामा के के गर्नुभयो कुरुम्बाङ्ग सिडियो साहबले ?

# बर्दिया आउना बित्तिकै बजार अनुगमनलाई प्रभावकारी बनाएर कालो बजारीलाई नियन्त्रण ।

# सिमानामा अबैध अबाञ्छित क्रियाकलाप,तस्करी, गैर कानुनी ओसारपसारलाई रोक्न मातहतका कार्यालयका कर्मचारिको सहयोगमा सक्रियता ।

# जिल्ला प्रशासन कार्यालय बर्दियाको कार्यलाई प्रभावकारी,सूचना मैत्रि र ब्यवस्थित गर्ने कार्य ।

# सबै राजनितिक दलहरुसंग जिल्लाको समग्र बिकासमा लाग्न उत्प्रेरणात्मक सर–सहयोग तथा समन्वयमा अगुवाई गर्ने कार्यमा सक्रियतामा ।
# जिल्लाका भईरहेका बिकास निर्माणका कार्यहरुको अनुगमन गरि आइृपरेको समस्याहरुको सहयोगी र काममा प्रभावकारी भुमिका निर्बाह गर्ने कार्य ।

# कर्तब्य बिमुख हुने जो कोही भए पनि कानुनी दायरामा ल्याउन र जिम्मेवार ब्यक्तीले परिणाममुखि काम गर्न सहजीकरण गर्ने कार्य गरेको ।
# शुसासनका लागि सरकारी कार्यालयबाट जनताको नाममा प्रभाह हुने सेवामा एकरुपता र प्रभावकारी ।

# सूचना संयन्त्रलाई आफनो प्रभावकारी उपयोग गरि समग्र जिल्लामा शान्ती सुरक्षा अमन चयन राख्ने कार्य ।
भ्रष्ट आचारणलाई नियन्त्रण तथा कार्बाहीको भागीदारि बनाउने ।

आफु कुनै लोभलालच वा आश्वासनमा नपरि पुरै इमान्दारिताका साथ कर्तब्यनिष्ट भएर उच्च नैतिक आचरणका साग जनसेवक भएर निरन्तर एक नासले कार्य गरेकोले बर्दियाली जनताले आज गर्भसाथ बिदाई गर्न लागेको बिदाइ समारोहमा बोल्ने अधिकांस ब्यक्तीहरुले ब्यक्त गर्नुभएको थियो भने

बार एसोसियशन बर्दियाका अध्यक्ष देविदत्त देवकोटाले त कुरुम्बाङ्गलाई लक्षित गर्दै प्रस्तुत गरेको यो भावनात्मक कविता सुनेर बिदाइ कार्यक्रमका सहभागी सबै स्तब्ध हुनुभएको थियो

कबिताको सम्पादित अंश :

‘याकथुम्बाको सम्झना यहाँ सदैव आउँछ ‘
कुरुम्बाङ्गको काम जोडेर हेर्दा तिर्खा मेटाउँछ, हो तिर्खा मेटाउँछ ।
विकासप्रेमी प्रजिअ राम तिमी चिरायु रहे है
शुभकामना अर्पण गर्छु, दीर्घायु रहे है, हो दीर्घायु रहे है ।
सरुवा भइ जानेछौँ जहाँ, त्यहाँ मन थाउने छ,
यो बाटो हिँड्दा झलझली तिम्रो याद आउनेछ, हो याद आउनेछ ।’
यस क्षेत्रका माली हौ तिमी फर्केर आऊ है, कुरुम्बाङ्ग फर्केर आऊ है ।’
‘यै जाने बेला हाँसेर जाऊ, रुने काम हाम्रो हो
आँखामा आँशु मुटुमा धड्कन बोक्ने काम हाम्रो हो, बोक्ने काम हाम्रो हो
विकासप्रेमी प्रजिअ राम तिमी चिरायु रहे है
शुभकामना अर्पण गर्छु, दीर्घायु रहे है, हो दीर्घायु रहे है ।