कैलालीको गोदावरी नगरका १३ वटा सडक निर्माणमा भ्रष्टाचार गर्ने उपर मुद्धा दायर

१३ जेष्ठ, नेपालगञ्ज/  लामो समयपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदुरपश्चिम क्षेत्रयि कार्यालय महेन्द्रनगरको सक्रियतामा कैलालकिो गोदावरी नगरपालिकामा सडक निर्माणको क्रममा भ्रष्टाचार गर्ने ६ जनालाई भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।

कैलालीको गोदावरी नगरपालिकामा कार्य सम्पादन गरि भुक्तानी दिएको १३ वटा बिभिन्न सडक निर्माणका नाममा ठेकदार र जिम्मेवार कर्मचारीहरुको मिलेमतोमा लाखौं रुपैया भ्रष्टाचार भएको भन्दै मअ‍ेन्द्रनगर स्थित अख्तियारको कार्यालयमा परेको उजुरीको आधारमा अख्तियारले निवेदन दर्ता गरि छानबीन अगाढी बढाएको थियो ।

छानबीनको क्रममा अभियुक्तहरुको मिलेमतोमा सरकारी हिनामिना हुनेगरि भ्रष्टाचार भएको आधामा शुक्रबार मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले जनाएको छ ।

कैलालीको गोदावरी नगरपालिकामा १३ वटा सडक निर्माणमा भ्रष्टाचार जन्य कसुर अउपर अख्तियारको दाबी पत्रके संक्षिप्त जानकारी निम्न बमोजिम रहेको छ ।