यस बर्षको GOLDEN TALENT अवार्ड दांगको रिहार-सतबरिया स्थित कर्मठ सहकारीलाई

बुटवल ३० भदौ/  सामाजिक बिकासमा उल्लेखनिय योगदान गरे वापत यस बर्षको जिटि अवार्ड दांगको रिहार-सतबरिया स्थित कर्मठ सहकारीलाई दिइएको छ ।

बिकास उन्मुख राष्ट्रहरुमा सामाजिक बिकासको क्षेत्रमा रोल-मोडल बनीरहेको हेफरका १२ वटा आधारशिलामा आधारित रहेर नेपालको सामाजिक बिकास क्षेत्रमा सक्रिय रहेका सयौं सामाजिक सहकारी संस्थाका सदस्यहरुको कार्य प्रगति आधारमा यस बर्ष दाङको रिहार-सतबरिया क्षेत्रमा सक्रिय रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले जिटि अवार्ड अर्थात राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

नेपालको सामाजिक संरचना अनुसार हेफर इन्टरनेशनलले तयार गरेको १२ वटा आधारशिलामा आधारित रहेर नेपालमा सामाजिक पूजींको निर्माण र प्रवद्धन गर्दै आर्य-आर्जन र त्यसको बजारीकरणमा बिशेष ध्यान दिई  सञ्चालनमा रहेका सयौं सहकारी एवम सहकारीका सदस्यहरुको कार्य प्रगतीको आधारमा बिहिबार रुपन्देहीमा हालै निर्माण सम्पन्न भएको अन्तराष्ट्रिय लुम्बिनी सम्मेलन तथा ध्यान केन्द्र, भैरहवामा आयोजित एक भब्य समारोह बीच उक्त जिटि अवार्ड पर्दान गरिएको छ ।

सेवा नेपाल नामक सामाजिक संस्थाका अध्यक्ष पार्बती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम समारोहमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र पूर्वमन्त्री गोकर्ण बिष्टले दांगको सतबरिया क्षेत्रमा २०६८ साल मंसीर २२ गते बिधिवतरुपमा दर्ता भई दांगको लमही नगरपालिका वडा नम्बर ९ रिहार-सतबरिया क्षेत्रमा सक्रिय रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष देवीमाया थापा मगरलाई सम्मान सोरुप ३ लाख नगद रुपैयाँ र प्रमाण पत्र प्रदान  गरिएको हो ।

कार्यक्रममा हेफर इन्टरनेशनल अमेरिकाका बरिष्ठ उपाध्यक्ष डाक्टर महेन्द्रनाथ लोहनी र लेखा अधिकृत मार्सिया रेस्फुसेन लगायतले पनि आफनो शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

नेपालमा साच्चिकै सहकारीको अन्तराष्ट्रिय अवधारणमा आधारित रहेर नेपालमा सञ्चारलित सहकारीहरुले गर्दै आएको कामको देखिने कार्य मुल्यांकनको आधारमा हेफर इन्टरनेशनलको सक्रियतामा नेपालमा राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार  GOLDEN TELENT AWARD (GTA ) प्रदान गर्दै आईरहेको छ।

दांगमा पनि हेफर इन्टरनेशनल नेपालको प्राबिधिक पक्षका साथ स्थानिय सरकारी तथा गैरसरकारी बिभिन्न एजेन्सीहरुको समेत सहयोगमा ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा २०६८ साल मंसिर २२ गते देखी त्यस क्षेत्रमा साना किसान उद्यमी सुदृढिकरण परियोजना अन्तरगत बिभिन्न समुह बनाएर कर्मठ सहकारी संस्थाको सुरूवात गरिएको थियो।

२५ जना सदस्यबाट सुरू भएको सहकारी बिक्रम सम्वत २०७० कार्तिक १४ गते नेपाल सरकारको आधिकारिक निकायमा दर्ता पछी परियोजनाले समुहमा हस्तान्तरण गरेकोमा हाल उक्तसह कारीमा हाल १३३५ जना सेयर सदस्य रहेको र सहकारी मार्फत सदस्यहरुको आर्यआर्जन बृद्धिका लागी स्थानिय पशुपक्षी एवम बस्तुको उत्पादन र त्यसको बजारीकरणमा ध्यान दिदै आएको छ ।

सहकारी सदस्यहरुको करिब ४ करोड कूल पूँजी रहेको उक्त सहकारीमा ५ जना कर्मचारी छन्, भने सहकारी मार्फत शेयर सदस्यहरुलाई पुंजी उपलब्ध गराएर वर्षेनी २ हजार बढी खसी बाख्रा, बीउको रुपमा बोका, लोकल कुखुराको बीउ, बिभिन्न किसिमका घांसका बिउ, तरकारी उत्पादन गर्न टेवा पुयाउदै आएको छ भने सहकारी सदस्यहरुको मागमा आधारित न्यून ब्याजदरमा ऋण पुंजी पनि उपलब्ध गराउदै समूदायका सदस्यहरुको मुल्यमा आधारित जिवनस्तर सुधार गर्न ठोस मदत गर्दै आईरहेको छ ।

हेफर इन्टरनेशनल अमेरिकाका बरिष्ठ उपाध्यक्ष डाक्टर महेन्द्रनाथ लोहनीका साथ मा खन्य ब्यक्तीहरु दांगको लमही रिहार सतबरियामा समूहका सदस्यहरुको कार्य प्रगतिको अवलोकनको क्रममा लिएको तस्बिर ।
दांगको लमही रिहार सतबरियामा समूहका सदस्यहरु

हेफर आधारशिलामा आधारित रहेर नेपालको सामाजिक क्षेत्रमा उल्लेखनिय काम गर्ने ब्यक्ती तथा संस्थाहरुको प्रोत्साहन गर्ने उदेश्यले हाल सम्म हेफरले ब्यवस्थापन गदै आएको उक्त पुरुस्कारको राशी बृद्धि र ब्यवस्थापनमा नेपाल सरकारले फराकिलो दायरा बनाएर नेपाली उद्यमीहरुको लक्षीत यस्तथा पुरुस्कार तथा सम्मान कार्यक्रम तर्फ पनि ध्यान दिन जरुरी रहेको छ ।