बाँके निर्वाचन-०७९: १ मा सूर्य र अथक ३ मा किशोर र किस्मत २ मा टेस्टेडको बिकल्प खोज्दै मतदाता…

बाँके निर्वाचन-०७९: १ मा सूर्य र अथक ३ मा किशोर र किस्मत २ मा टेस्टेडको बिकल्प खोज्दै मतदाता…

असोज २२ नेपालगञ्ज/ आगामी मंसिर ४ गते हुने प्रदेश र संघिय प्रतिनिधी सभा सदस्यहरूको निर्वाचनका लागि विभिन्न पार्टीहरूबाट उम्मेदवार छनौटमा चटारो परिरहेको समयमा निर्वाचन आयोगले पनि आफनो कामलाई त तिव्रता दिन थालेको छ।

आज शनिबार नेपालका ७७ वटै जिल्ला निर्वाचन कार्यालयले जिल्ला स्थित सर्वदलिय बैठकको आयोजना गरेर निर्वाचन तालिका, निर्वाचन आचारसंहिता लगायतका विषयमा छलफल बैठक आयोजना गरी निर्वाचन प्रक्रियालाई अगाडी बढाउदै छ ।

बाँकेमा पनि जिल्ला प्रशासन वाँकेको बैठक कक्षमा आयोजना गरिएको सर्वदलिय बैठकमा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बैठक बस्ने भएको छ ।

जिल्लाका सुरक्षा निकायका सबै प्रमुखहरु, निर्वाचत अधिकृतहरु, राजतितिक दलका प्रतिनिधीहरु सहभागी हुने बैठकले जिल्लामा सौहार्द वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक बिधि प्रक्रिया र निर्वाचन आयोगका आचारसंहितामा सहमती र कार्यन्वयका लागी आवश्यक बातावरण निर्माण गरि बैठकले निर्वाचन वातावरण निर्माण गर्ने वताइएको छ ।

बाँकेका ३ वटा निर्वाचन क्षेत्र मध्य क्षेत्र नम्वर ३ मा नेपाली काँग्रेसले बाहिरी जिल्ला बाट उम्मेदवार आयात गरी किशाेर सिंह राठौर भन्ने ब्यक्तिलाई प्रतिनिधी सभाको उम्मेदवार बनाएको भनि पार्टी भित्रै आलोचना भईरहेको छ भने एमालेले स्थानिय खजुरा निवासी एवम खजुरा गाउँपालिका पूर्व प्रमुख किस्मत कक्षपतिलाई प्रतिनिधी सभा सदस्य पदको उम्मेदवार बनाएको छ।

बाँके क्षेत्र नम्बर १ मा माओवादी केन्द्रबाट नमुना केसीको नाम अगाढी आएकोमा अन्तिममा अथक भन्ने महेश्वर गहतराजको टिकट आउने देखिएपछि माओवादी भित्र  स्थानिय वीच खासै वास्ता नगर्ने र सधै एउटैले टिकट पाउने भनि विरोधको आवाज उठाउने गरिएको पाइएको छ।

यता बाँकेको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने नेपालगञ्ज, डुडुवामा क्षेत्रमा पर्ने प्रतिनिधी सभा सदस्यको लागी यस अघि पटक-पटक जनताले मतदान गरेर धवल शम्शेर जबरालाई मेयर र मधेशी- मुस्लिमका नाममा पटक- पटक मतदात गरेर सासंद हुदै बारम्बार मन्त्री पद खाने गरेका ब्यक्तिहरु मात्रै यस पटक पनि अघि सरेको पाएपछी जनतामा प्रतिनिधी सभा सदस्यमा मतदानमा खासै उत्साह देखिएको छैन ।

हाल चर्चामा ल्याइएका ब्यक्तिहरु मध्य बाँकेको साईगाउँमा २०३६ साल कार्तिक१६ गते जन्मिएका मुहैमुद्दिन राई कवडियाका माईला छोरा मोहम्मद इस्तियाक राई नेपालका तराईका केही सिमित जिल्लामा प्रभुत्वमा रहेको जसपाबाट प्रतिनिधी सभा सदस्य पदका लागी उम्मेदवारी दिने तयारीमा रहेका छन ।

त्यसैगरी स्थानिय निर्वाचन:०७९ मा नेपालगञ्ज र डुडुवामा झिनो बिजेता दर्ज गराएको राप्रपाबाट धवल शम्शेर जवराले आफनो उम्मेदवारी अगाढी सार्नुभएको छ।

यि दुबै उम्मेदवार हालका नेपालका ठुला राजनितिक दल नेकपा एमाले र नेपाली कांग्रेस भन्दा तल रहेका दलबाट आफुलाई अगाढी सारी रहेका छन ।

नेपालगञ्ज र डुडुवा क्षेत्रको भौतिक र मानव विकास सग-सगै अगाडी वढाउन योग्य, सक्षम, इमान्दार ब्यक्ती छनौट गर्न सार्वजनताले निर्वाचनको माध्यम मार्फत मतदान गर्ने एउटा अवसरको रुपमा लिने गरिन्छ ।

धवल ततकालिन अनलाई डिग्री र इस्तियाक हालै मात्र भारत युपी वाला राजनिती शास्त्रमामा डिग्री लिएको अध्ययनको क्रममा पाइएको छ।

अन्य ठुला भनिएका एमाले र कांग्रेसको तर्फबाट मनोनयन पछी मात्र उम्मेदवारको अवस्था वा समर्थन हेर्नुपर्ने नै हुन्छ ।