सरकारी कर्मचारी मार्ने धम्की दिने कनोडियालाई कडा कार्बाही गर्न निजामतीहरुको माग प्रशासनले सुनेन

 

नेपालगगञ्ज १० पुष/   बांकेको कोहलपुर स्थित कनोडिया पेट्रोल पम्पमा सिरिएल ठगी काण्डमा नापतौल तथा गुढास्तर कार्यालय नेपालगञ्जका कर्मचारीलाई मार्ने धम्की दिने संजय कनोडियालाई तुरुन्त पकूाउ गरिकडा कार्बाही गर्न निजामती कर्मचारीहरुको आधिकारीक संगगठनले माग गरेको हप्तौ दिन बित्दा पनि कनोडियालाई बांके प्रहरी तथा प्रशासनले पक्रउ गगर्न सकेको छैन ।

बांकेको कोहलपुर स्थित कनोडिया अटोमोबाइल्सबाट बारम्बार पेट्रोलियम पदार्थ बिक्री ठगी काण्डमा सरकारी अधिकारीहरुको हत्या गर्ने धम्की पछी निजामती कर्मचारीहरुको आधीकारीक ट्रेड युनियनको दवाब पछी पनि पम्पका मालिक अभियुक्त संजय कनोडियालाई बांके प्रहरीले पक्राउ गर्न सकेको छैन ।

पिडित पक्षले कनोडिया बिरुद्ध ज्यान मार्ने उद्योगमा बांके प्रहरीमा उजुरी दिएको महिना दिन बितिसकेको छ भने बांके प्रशासनमा पनि निवेदन दिएको २ हप्ता बितिसकेको छ ।

बारम्बार ठगी काण्ड घटाएको आयल निगमको नेपालगञ्ज स्थित कार्यालयका कर्मचारीहरुले भने निगमका लागी भारतबाट आयत गर्ने टयांकर सञ्चालकहरुसंग मिलेमतो गरि सरकारी खजनामा रित्याउने देखी ठगी काण्डवाला पम्पलाई पेट्रोलियम पदार्थ मिलेमतोमा दिनु आमकुरा भइसकेको छ । आयल निगमसंग मिलेर कनोडियाले २ वटा ट्रयांकर र २ पेट्रोल पम्प सञ्चालन गदै आईरहेका छन ।