७३ वर्षीया बृद्ध महिलालाई बरजस्ती करणी गरेको अभियोगमा पुष्कर र रेशम पक्राउ


नेपालगञ्ज ६ साउन/ दाङमा ७३ वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको तुलसीपुर उप–महानगरपालिका–१५ बस्ने ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७बस्ने २० वर्षीय रेशम बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर उप–महानगरपालिका–५ बसपार्क स्थित पार्किङ गरी राखेको ना.४ ख ७८४८ नम्बरको गाडीभित्र उनीहरूले ती महिलालाई गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्क र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्यसैगरि हुम्लामा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताजाकोट गाउँपालिका–२ बस्ने ३६ वर्षीय पुनिमल लुहारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लुहारले ती महिलालाई सोही गाउँपालिका–१ जिउछा स्थित भेडी गोठमा जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताजाकोट छप्रेलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।