करोडौंको हिरा र सुन चोरी सेटल घटनामा आइजिपी देखि दलालहरुको सक्रियता, हालका अन्तिम अभियुक्त सन्तोष सोनी पक्राउ पर्दै छुटदै…..

हेर्नुुहोस कैलाली प्रहरीको अपराध अनुसन्धान तथा कार्बाही शाखाले लेखेको परिपत्र

 

नेपालगञ्ज ११ कार्तिक/  भारतको पठानकोटमा भएको चोरी काण्डमा करोडौं रुपैया बराबरको सुन तथा हिरा नेपालगञ्जका ब्यक्तिहरु सम्म आईपुगेको नेपाल प्रहरीकै अनुसन्धान प्रक्रियाले देखाएपछी त्यसलाई पचाउन घटनामा संलग्न अभियुक्त देखी प्रहरीका केही ब्यक्ति तथा दलालहरु बिभिन्न प्रपञ्चका साथ सक्रिय भएर लागेको घटनाक्रमले देखाएको छ ।

घटना बिवरण अनुसार भारतको पञ्जाब प्रान्तको पठानकोट स्थित भारतिय नागरिक मनिस पोधारको घरमा घरेलु मजदुरको रुपमा काम गर्ने हरिस रोकाय समेत सुदुरपश्चिमका बिभिन्न जिल्ला घर भएका ५ जना ब्यक्तिहरु मिलेर मनिसको घरबाट करोडौं रुपैया बराबरको सुन र हिरा जस्ता बहुमुल्य समान चोरी गरेर उक्त धनमाल लिएर नेपाल आएका थिए ।

करोडौं रुपैया बराबरको धनमाल चोरी गरि ति घरेलु मजदुर फरार भएपछी पिडित मनिस पोधारले सोही ठाउंको स्थानिय पठानकोट स्थित भारतिय प्रहरीमा सूचनादिएपछी भारतिय प्रहरीले ति अभियुक्तहरुलाई नेपाल तथा भारतमा खोजतलास जारी राखेको थियो ।

करोडौं धनमालको चोरीको घटना फौजदारी मुद्दा दर्ता भएकाले भारतिय प्रहरीले इन्टरपोल मार्फत सहयोगको लागि नेपाल प्रहरीमा सूचित समेत गरेको र भारतको गृह मन्त्रालय मार्फत परराष्ट मन्त्रालय हुदै नेपाल स्थित भारतिय राजदुताबासमा समेत सूचित गरेकोमा नेपाल स्थित भारतिय दुताबासले पनि नेपालको सम्वन्धीत निकायहरु मार्फत उक्त घटनाका सम्वन्धमा खोज तलास तथा कार्बाहीका लागी अनुरोध गदै चासो लिदै आएको बिभिन्न परिपत्र तथा घटनाक्रमले देखाएको छ । 

करोडौं रुपैया बराबरको सुन तथा हिरा चोरी घटनामा भारतिय पक्षले नेपाली पक्षलाई अनुरोध गरिरहेकै समयमा नेपाल प्रहरीले पिडित पक्षको हुलिया तथा घटनामा खुलाईएका ब्यक्तिको खोजतलास तथा कार्बाही प्रक्रियाको लागि नेपाल प्रहरीको केन्द्रिय अपराध अनुसन्धान शाखाले सम्वन्धीत जिल्ला प्रहरी कार्यालय कैलालीलाई परिपत्र गरेर उक्त घटनाको कार्बाही प्रक्रिया अगाढी बढेको देखिन्छ ।

पिडित पक्षको उजुरी र माथिल्लो निकायबाट खोजतलासको लागि सहयोग गरिदिने आदेशपछी कैलाली प्रहरीले घटनाका अभियुक्तहरुको हुलिया बिवरण अनुसार निजहरुकै ठाउं–ठेगानाहरुमा खोजतलास जारी राखेकै समयमा एक जना पुष्पा नाम गरेकी अभियुक्त महिलाले कैलाली प्रहरीमा गएर घटनाको जानकारी दिएपछी उक्त घटनाको अनुसन्धान कार्यमा थप उचाई पाएको देखिन्छ ।

पुष्पाको प्ररारम्भिक जानकारीमुलक बयानमा आफु पनि अरुको लहैलहैमा लागेर भारत पञ्जाब प्रान्तको पठानकोट स्थित मनिसको घरबाट आफुसगै काम गर्ने ५ जनाले चोरी गरेको समान नेपाल ल्याएर ५ जनाले बाटेको र त्यसमध्य ३ जनाको भागमा परेको सुन कैलालीको धनगढी नगरपालिका वडानम्बर ३ चौराहमा रहेको जुनु ज्वलर्सका दीपेन्द्र सोपलाई बिक्री गरेको बयान दिनुभएको थियो ।

सोही बयानको क्रममा कैलाली प्रहरीले दीपेन्द्र सोपलाई चोरीको बहुमुल्य सुन तथा हिरा खरिद गरि चोरी कार्यमा सहयोग पु–याएको अभियोगमा पक्राउ गरि हिरासतमा लिएको थियो ।

प्रहरीले पक्राउ गरि हिरासतमा लिएका दीपेन्द्र सोपले आफुले खरिद गरेको सुन र बहुमुल्य हिरा जडित हार लगायतका समान नेपालगञ्जको सन्तोष सोनीको सहयोगमा ब्यवस्थापन गरि बिक्री गरेको बयान दिएका थिए ।

उक्त सन्तोष सोनीलाई पक्राउ गर्न आएको कैलाली प्रहरीले अर्के सन्तोस सोनीलाई पक्राउ गरि लाखौं रुपैया बराबरको सुन तथा पैसा असुलेको घटना यस अघि नै हामीले सार्वजनिक गरिसकेको छौ । उक्त घटना दुबै पक्षले स्वीकारे पनि हाल सम्म न कुनै छानबीन न कुनै कार्बाही भएको छ किन भने त्यस घटनामा नेपाल प्रहरी बर्तमान आइजिपी बसन्त बहादुर कुंवरको नाम समेत दलालहरुले् मुछेको घटनाक्रमले समेत पुष्टी गर्दै गईरहेको छ ।  clicks here…

बर्दियाका सन्तोष सोनीले कैलाली प्रहरीलाई २१ तोला सुनको मुल्य र थप ४ लाख बुझाएर छुटे – HamroSamrachana

हाल सुन चांदीको ब्यापारको नाममा शंकास्पद तरिकाले आयआर्जन गरेको पाइएका भारतमा चोरी गरि ल्याईएको हिरा तथा सुन खरिद गरि ब्यवस्थापन गर्ने सन्तोष सोनीलाई कैलाली प्रहरीको अनुरोधमा बांके प्रहरीले नियन्त्रणमा लिएर कैलालीबाट आएका प्रहरी सहायक हवल्दार महेश बहादुर चन्द र सन्तोष महराको जिम्मा लगाएको थियो ।

सोनीलाई हिरासतमा लिएपछी भारतको पञ्जाब प्रान्तको पठानकोट स्थित भारतिय नागरिक मनिस पोधार कैलाली प्रहरीको सम्पर्कमा आएको देखिन्छ ।

पोधारले पनि घटनालाई बडो जोडतोडका साथ लागेर आफनो चोरी भएको हिरा सहितको सुन फिर्ताको लागि निकै नै पहल र पावर लगाएको देखिन्छ ।

घटना भारतिय रुपैया करिब १० करोडको हिरा र सुनको कुरा भएपछी पिडित पोधारले आफनो चारैतिरको पावल लगाएपछी प्रहरीले उक्त रुपैया बराबरको हिरा चोरी भएको भन्ने प्रमाण माग गरेको बताएपछी पोधार निराश भएर समान खरिद गर्ने ‘सन्तोषसंग निकै समय बार्गेनिगं गर्ने गरेर कुरा मिलाउन कुशित मनसायका साथ कैलाली प्रहरीले पनि सहयोगी भुमिका निभाएको देखिन्छ ।

उक्त चोरी भएको पिडित ब्यक्ति भारतिय नागरिक मनिस पोधारलाई चोरी भएको समानको हिरा र सुनको बिल माग गरेको र उक्त ब्यक्तिले पनि बिल छली गरि उक्त हिरा तथा सुनको हार बनाएको प्रहरीले थाह पाएपछी दुबैलाई बार्गेनिंग गरेर कुरा मिलाउन दवाब दिएको देखिन्छ ।

कैलाली प्रहरीले नियन्त्रणमा लिएका नेपालगञ्ज त्रिबेणी मोड स्थित हाल घनश्याम ज्वलर्स खोली बसेका सन्तोष सोनीलाई कैलाली प्रहरीले पक्राउ गरि २४ दिन सम्म हिरासतमा राखेको देखिन्छ ।

करोडौं रुपैया बराबर रकमको हिरा तथा सुन चोरी घटनामा कैलाली प्रहरीले नियन्त्रणमा लिएका नेपालगञ्ज स्थित घनश्याम ज्वलर्सका सन्तोष सोनीलाई कैलाली प्रहरीले फौजदारी अन्तरगत चोरी महलमा पक्राउ पुर्जी नथमाएर साधरण अभद्र ब्यवहारको मुद्धा चलाएर जिल्ला प्रशासन कैलालीबाट ५० हजार धरौटीमा छोडेको डकुमेन्ट अध्ययनमा देखिन्छ ।

२५ दिन कैलाली प्रहरीको नियन्त्रणमा रहेका सोनीले जिल्ला प्रशासन कैलालीबाट धरौटीमा छुटेपछी कैलाली प्रहरीलाई अनुसन्धानको क्रममा ठुलो सहयोग गर्ने बाचा गरेका सोनी पसलका केही सहयोगी सहित नेपालगञ्ज तर्फ लागेपछी कैलाली प्रहरीले फेरी कैलाली कै अत्तरियाबाट ५ दिन नियन्त्रणमा लिएर हिरासतमा लिएको डकुमेन्टमा देखिन्छ ।

डकुमेन्टमा जिल्ला प्रशासन कैलालीमा दोस्रो पटक सन्तोषलाई हिरासतमा लिएर अभद्र मुद्धा चलाएर पुन: ५० हजार धरौटी अर्थात एउटै शिर्षकमा २ पटक धरौटी राखेर प्रहरीमा उपस्थि हुनेगरि हाजीरी जमानीमा छोडेको देखिन्छ ।

केही बर्ष अघि सम्म सामन्य सुनको गहनाको गलार्य पिटाई र कालीगढी गर्ने सन्तोष सोनीले नेपालगञ्जको त्रिबेणी मोड नजिक पश्चिम हालै सञ्चालनमा ल्षएको घनश्याम ज्वलर्स नामक पसल जहां भाततबाट चो्री गरि ल्याएको सुन गलाएर करोडोंको हिरा गहनाबाट निकालेर सन्तोष सोनीले लुकाईको थिए ।

घटनाको सुरुमा कैलाली प्रहरीले पक्राउ गरेको कैलालीको धनगढी नगरपालिका वडानम्बर ३ चौराहमा रहेको जुनु ज्वलर्सका दीपेन्द्र सोपलाई पनि कैलाली प्रहरीले करोडौं रुपैया बराबरको हिरा र सुन चोरी घटनाका पात्रलाई एउटा सामान्य किसिमको अभद्र ब्यबहार शिर्षकमा मुद्धा चलाएर जिल्ला प्रशासन कार्यालय कैलालीमा पेश गरेकोमा कैलाली प्रशासनले ५० हजार धरौटी माग गरेको देखिन्छ ।

करोडौं रुपैया बराबरको हिरा तथा सुन खरिद बिक्री गर्ने ब्यक्ति दीपेन्द्र सोपले प्रशासनले माग गरेको धरौटी रकम ५० हजार नभएको जस्तो पुरै नाटक मञ्चन गरेर धरौटी रकम बुझाउन नसक्ने भन्दै आफै कैलाली कारागारमा केही दिनका लागी चलान लिएको घटना अध्ययनले देखाएको छ ।

एकातिर चोरीएको सामानको बिल नेपाल प्रहरीले माग गरेको र अर्कोतिर भारतमा समेत कर छली गरी उक्त करोडौंको रुपैया बराबरको समान बनाएको सम्वन्धमा आफैमाथी पनि छानबीन हुनसक्ने भएपछी समान चोरी भएका भारत पठानकोटका पिडित ब्यक्ति मनिस पोधार गल्न थालेपछी कैलाली प्रहरीले करोडौं रुपैया बराबरको चलखेलमा मध्यस्थता गरेर मिलाउन लागिरहेको पनि देखिन्छ ।

कैलाली प्रहरीको उक्त शंकास्पद भुमिकाका सम्वन्धमा हाम्रो टिमले गरेको प्रश्नमा कैलाली प्रहरी प्रमुख उपरिक्षक देवेन्द्र पालले (९८५८४२५५५५) घटनाबाट उम्किन प्रवक्तालाई सोध्न अनुरोध गर्नुभएको थियो ।

कैलाली प्रहरी प्रवक्ता एवम नायब उपरिक्षक कुलदीप चन्द (९८५८४९०११८) आफु लामो समयको तालिममा गएकोले घटनाका बारेमा बृस्तित जानकारी नभएको र मुद्धा फांटको इन्चाज निरिक्षक लोकेन्द्र काक्री (९८५८०५२२०२) लाई आफुले पत्रकारले सोधेको कुराको जानकारी दिन भनीसकेकोले जानकारी लिन अनुरोध गर्नुभएको थियो ।

मुद्धा फांटका बैतडी घर भएका निरिक्षक लोकेन्द्र काक्रीले उक्त घटना हुदा आफु मुद्धा फांटमा नभएको र उक्त केस हेर्ने निरिक्षक सन्तोष बस्याल अन्यत्र गईसकेको र उक्त मुद्धाका सम्वन्धमा माथील्लो लेभलबाट हेरिएको भन्ने सुनेको बताउदै मिलेमतोको घटनाको बिषयमा थप जानकारी दिन मान्नुभएन ।

मुद्धा फांटमा बर्षौ देखि अडडा जमाई बसेका अन्य केही ब्यक्तीले सुचना दिन नमाने पनि भरपर्दो स्रोतले तपाई जस्तै पत्रकार….ले आईजिपी साप सम्म कुरा पु–याएको र घटना छिटो मिलाईदिन भनेको सुनेको जानकारी दिएकाछन सुन तथा हिरा चोरी घटनाका अभिुक्त पात्रहरु मध्यका उक्त समान लिने ब्यक्ति सन्तोष सोनीले यस

बीचमा सिभिल लगायतका बिभिन्न बैक तथा ब्यक्तिहरुसंग नगद तथा जग्गाको कारोबार गरेको देखिन्छ ।

बिगत करिब २० बर्ष देखि नै शंकास्पद सुनको कारोबारमा गर्दै आएका सन्तोष सोनीले ब्यबसायीक फर्महरुको नाम पनि परिवर्तन गदै हाल त्रिबेणी मोड पश्चिममा घनश्याम ज्वलर्स नामक पसल सञ्चालन गदै आएका छन् ।

सन्तोष सोनीले नेपालबाट भारत बहराइचको नानपारा बाबागञ्ज क्षेत्रमा बसोबास गर्ने ससुराली  तर्फका केही ब्यक्ति सँग मिलेर पनि सुनको गैर कानुनी कारोबार गर्ने गरेको निजको बिगतको आर्थिक अवस्था र हालको अवस्था तुलना गरे पुग्ने सम्वन्धीत जानकारहरुले बताउनुभएको छ ।

भारतबाट चोरी गरि नेपाल ल्याईएको करोडौ मुल्यको हिरा र सुन मध्य नेपालगञ्ज स्थित घनश्याम ज्वलर्सका सन्तोष सोनीले नेपाल प्रहरीको समेत शंकास्पद चरित्रका कारण लुकाई–छिपाई राखेको हिरा नदिने बरु मिल-जुलके बाटेर खाने लोभ लाग्दो अफर शक्ती केन्द्रमा दौडाएको घटनाक्रमले नै पुष्टी गरेको छ ।

सन्तोष सोनीको अफरले ति लोभी पापी सबै नतमस्तक भएर उक्त घटना सल्टाउन लागेको देखिन्छ भने त्यसमा प्रहरी नेतृत्वसंग नजिक रहेका केही नेताका नाममा चोखो दलाली गरेर खानेहरु, लेख्न नजान्ने सिफारिसे र दलाली गरेर खाने पत्रकार देखि सम्वन्धीत घटनाको जिम्मेवारीमा बसेका प्रहरी अधिकारीहरु उक्त घटना मिलाउन लागेको देखिन्छ ।

चोरी घटनामा सन्तोष सोनीले हाम्रो टिमका केही सदस्यहरुलाई समेत भेटेर घटना बाहिर नल्याईदिन आश्वासन सहितको अनुरोध गर्नु भएको छ भने घटनाको सन्तोष सोनीले पुष्टी गर्नुभएको बिवरण समेत दिनुभएको छ । यसमा संलग्नता र सहयोगीहरुको नाम समेत भेटको क्रममा बकनुभएको छ ।

उक्त चोरी घटना र त्यसपछीका घटनाक्रमका सम्वन्धमा नेपाल–भारत सिमा क्षेत्रमा रहेको भारतिय बिभिन्न सुरक्षा अधिकारीहरुले पनि चांसो राखिरहेको र भारतमा चोरी केस दर्ज भएकाले घटनामा प्रत्यक्ष संलग्न रहि समान फिर्ता नदिएका नेपालगञ्जका सन्तोष सोनीका सम्वन्धमा उतै लैजाने बिषयमा बिचार गरिरहेको स्रोतले बताएको छ ।

करोडौंको हिरा र सुन काण्डको समयमा निकट भविष्यमा रिटायर्ड हुन लाग्नु भएका नेपाल प्रहरी संगठनको प्रमुख बसन्त बहादुर कुवँरले उक्त घटना छिटो सल्टाउन कैलाली प्रहरीलाई दिएको आदेशलाई अबाञ्छित तत्वले त्यसलाई गलत तरिकाले  जोडन खोज्नु र घटनाका सम्वन्धमा कुनै छानबीन नै नहुनले पनि घटना भ्रष्टाचार जन्य किसिमले रहस्यमय बन्दै गएको देखिएको छ ।

घटना नेपालगञ्जको ब्यक्तिसंग पनि जोडिएकाले नेपालगञ्ज स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्पर्क कार्यालय नेपालगञ्ज स्रोतले पनि उक्त घटनाको जानकारी प्राप्त भएको र नजिकबाट नियालीरहेको बताउनुभएको छ ।