काठमाडौंमा झडप: २ युवाको मृत्यु ४ दर्जन पक्राऊ

 

 

नेपालगञ्ज १३ पौष/  कोरिया जान भाषा परीक्षामाको आवदेन समेत दिन नपाएको भन्दै आक्रोशित बेरोजगर युवाहरुको समूहले शुक्रबार बिहान ललितपुरको सातदोबाटो क्षेत्रमा बिरोध प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाए पछि प्रहरीसँग भएको झडपमा २ जना होनहार युवाहरुको अकालमा ज्यान गएको छ ।

युवाहरुले ललितपुरको चक्रपथ क्षेत्रमा प्रदर्शनको क्रममा प्रहरी प्रतिरोधको क्रममा २ जना घाइते भएका युवाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा जुम्ला घर भई भक्तपुर बस्दै आएका २३ बर्षिय सुजन राउत र अछामको चौरपाटी गाउँपालिका-१, सिउडीका २३ वर्षीय बीरेन्द्र शाहको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताउनु भएको छ ।

उक्त घटनामा राजधानी काठमाडौंमा बसेर पढ्दै काम गर्दै गरेका करिब ४ दर्जन बेरोजगार युवा – विद्यार्थीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटनाको छानवीन गर्न प्रचण्ड सरकारका गृह मन्त्रालयले ३ सदस्य समिति गठन गरेको छ ।