नेपालगञ्जको सहकारी घोटाला काण्डमा अभियुक्त को–को थिए ? मुद्धामा संगठित अपराध नभएको अदालतको ठहर

माघ ५ नेपालगञ्ज /  नेपालगञ्ज स्थित सहकारी बित्तिय विकास संस्था लिमिटिड नामक बैकिंग कारोबार गरिरहेको सहकारीमा करोडौं रुपैया घोटाला काण्डमा जिल्ला सहकारी संघ लिमिटेड बांकेको पत्र जाहेरीले नेपाल सरकार बादी रहेको सहकारी रकम हिनामिना (अपचलन) ठगी संगठित अपराध मुद्धामा बांके जिल्ला अदालतले  हालै फैसला गरेको संक्षिप्त कपि प्राप्त भएको छ ।

सहकारी र सर्व–साधारण निक्षेपकर्ताहरुको करोडौं रकम हिनामिना हुने गरि गरिएको घोटाला काण्डमा जिल्ला अदालत बांकेमा हालै सरुवा भएर आउनु भएका माननिय न्यायाधीश इन्द्र बहादुर कठायतको एकल इजलासले कसुर ठहर निर्णय गरेको छ ।

डोटी पुरानो घर भई केही समय कैलाली जिल्ला अदालतका श्रेष्तेदार भई काम गर्नुभएका माननिय न्यायाधिश कठायत केही बर्ष माननिय प्रधान न्यायाधिश बिश्वम्भर श्रेष्ठको सहयोगाीको रुपमा समेत काम गरेको अनुभव प्राप्त कठायतल बांके जिल्ला अदालतमा आएको केही महिना मै उक्त मुद्धाको फैसला गरेकोमा सम्वन्धीत पक्ष र बिपक्षमा तंरगित भएको पाइएको छ ।

उक्त मुद्धामा जाहेरवालाको तर्फबाट संगठित रुपमा मिलेमतो गरि सहकारीको कुल ३५ करोड ८५ लाख ९१ ह्जार १ सय १३ रुपैया रकम हिनामिना अर्थात अपचलन गरेको बिगो दाबी सहितको उक्त मुद्धामा अदालतले भने उक्त घटनालाई संगठित अपराधमा आवश्यक तत्वहरु बिद्यमान अवस्थामा नरहेकोले संगठितरुपमा ३ जना भन्दा बढीले गरेको अपराधकै आधारमा उक्त सहकारीमा भएको कारोबार रकमको हिनामिनाको बिषयलार्य संगठित अपराधको कसुर स्थापित हुने अवस्था नदेखिएको हुंदा अभियोग दाबी पुग्न सक्ने देखिएन संक्षिप्त फैसला कपिमा भनिएको छ ।

उक्त फैसलाको पूर्ण पाठ आईनसकेको र संक्षिप्त पाठको मिशिल पनि अभ्ययनको क्रममै रहेकाले उक्त मुद्धामा केही ब्यक्तीको बिवरण मिसम्याच बाहेक अन्यको मिशिल बमोजिम सार्वसाधरणको जानकारी लागि यहां प्रस्तुत गरिएको छ ।

फैसलाको कपि…..

सहकारी घोटाला काण्डमा बिपक्षी बनाई मुद्धा खेप्नुभएका ब्यक्तिहरु…..

१) नेपालगञ्ज–१२ कोरियनपुर बस्ने बर्ष ५२ को परमात्मा प्रशाद कुर्मि बर्मा
२) नेपालगञ्ज–१२ कोरियनपुर बस्ने बर्ष ५९ की तुलसा थापा
३) नेपालगञ्ज–१० आदर्शनगर बस्ने बर्ष ६९ को भैरव प्रशाद श्रेष्ठ
४) नेपालगञ्ज–६ बर्ष ४९ का रबिन्द्र थापा
५) नेपालगञ्ज–११ भटटीटोला बस्ने बर्ष ५७ को नन्द किशोर कहार
६) नेपालगञ्ज–१८ भुजई गाउं बस्ने बर्ष ५५ को अंगतराम बर्मा

७) नेपालगञ्ज बर्ष ४८ को कृष्ण बिक्रम केसी
८) नेपालगञ्ज– १३ रंगशाला नजिक बस्ने बर्ष ७५ को स्थितर मणि बज्रचार्य
९) नेपालगञ्ज बर्ष ७१ को बिनोद कुमार शाक्य
१०) नेपालगञ्ज–१७ परसपुर बस्ने बर्ष ५४ को अरुण कुमार पाठक
११) नेपालगञ्ज–१७ परसपुर बस्ने बर्ष ५३ को बिजय कुमार पाठक
१२) नेपालगञ्ज–१७ परसपुर बस्ने बर्ष ४७ को अजय कुमार पाठक
१३) नेपालगञ्ज–१ धम्बोजी बस्ने बर्ष ४८ को गंगाधर सुबेदी
१४) नेपालगञ्ज–२० रांझा बस्ने बर्ष ४४ को सन्दिप शर्मा
१५) काठमाण्डौ–१६ बालाजु हाइट बस्ने बर्ष ५३ को नारायण बाबु अधिकारी
१६) बांके जानकी–३ मानपुर बस्ने बर्ष ५३ को बलराम यादव
१७) नेपालगञ्ज–२ घरवारी टोल बस्ने बर्ष ६६ को सतिश कुमार शर्मा
१८) बांके डुडुवा–४ मिलन चौक बस्ने बर्ष ५३ को सुरतराम खटिक
१९) बांके डुडुवा–२ बेतहनी बस्ने बर्ष ५७ को ओम प्रकाश चौधरी
२०) नेपालगञ्ज–९ बांकेगाउं बस्ने बर्ष ४७ को गोपाल भण्डारी
२१) नेपालगञ्ज–१३ रंगशाला पूर्व बस्ने बर्ष ५० को विनम कुमार श्रेष्ठ
२२) नेपालगञ्ज–१० जेल रोड बस्ने बर्ष ४४ को तुसार शाह
२३) बांके खजुरा–३ खजुराका ४७ बर्षिय सूर्य बहादुर बि.क.
२४) बांके खजुरा–४ डि आउ बस्ने ५० बर्षिय राजेन्द्र कुमार बि.क.
२५) बांके राप्तीसोनारी–४ बैजापुर बस्ने बर्ष ३३ को लिला प्रशाद वली
२६) नेपालगञ्ज– १३ बुलबुलिया बस्ने बर्ष ६६ कि रत्ना राणा
२७) नेपालगञ्ज– १० भृकुटीनगर बस्ने बर्ष ४३ को गौरव कुमार श्रेष्ठ
२८) नेपालगञ्ज– १४ भवानीयापुर बस्ने बर्ष ७५ को हरदेवबक्स चौधरी
२९) नेपालगञ्ज– ९ बांकेगाउं बस्ने बर्ष ७३ को चन्द्र प्रकाश तिमिल्सेना
३०) नेपालगञ्ज– ४ देवाफुलवारी बस्ने बर्ष ५१ की शारदा कुमारी थापा
३१) नेपालगञ्ज–१० बस्ने बर्ष ५९ को मैया देवी
३२) नेपालगञ्ज–१० बस्ने लक्ष्मी श्रेष्ठ
३३) नेपालगञ्ज–१० बस्ने किरण श्रेष्ठ
३४) नेपालगञ्ज–१२ बस्ने गगा भुषाल
३५) नेपालगञ्ज–५ बस्ने अम्बर खडका
३६) नेपालगञ्ज–५ बस्ने बिमला गौतम
३७) नेपालगञ्ज–४ बस्ने सिद्धि कुमार मर्हजन …….बांके जिल्ला अदालतको कसुर ठहर निर्णयमा दोषि करार गरिएका मुख्य ब्यक्तिहरुको बिवरण क्रमश दिइएने छ भने उक्त मुद्धामा पिडित पक्षहरु उच्च हुदै सर्वोच्च सम्म अपिलमा जाने बताउनु भएको छ ।