नेपालगञ्जको होटेल डायमण्डका नाममा १६ कटठा १८ धुर जग्गा कहां बाट आयो ?

 

नेपालगञ्ज १८ असार/ नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरको पूर्व पटटी तलाउको बीचमा आसिन श्रीशंकर भगवानलाइए दानमा प्राप्त करोडौं मुल्यको जग्गा डायमण्ड होटेलले कब्जा जमाएको बिषयमा बिभिन्न निकायहरुले छानबीन तथा अनुसन्धान कार्य अगाढी बढाएको पाइएको छ ।

हामीले गरेको प्ररारम्भिक छानबीन र अनुसन्धानको क्रममा मालपोत कार्यालय बांकेको आधिकारीक लिखत पास गरेको लिखत पत्र अनुसार बांके जिल्लाको ततकालिन पटवारी मीन बहादुर श्रेष्ठको हल्का तप्पे कारकांदो मौजे खास बांकी गाउं रैती नम्बर ४२६ को १ बिघा १० कठा १२ धुर जग्गा बांके माल फांटवारी रजिष्ट्री नम्बर २६२/२३७ अनुसार  रैतानी लगतको ४२६ नम्बर मौजेको रामजीवन कुर्मिबाट स्थानिय खेमानाथ उपाध्यायले प्राप्त गरेको जग्गाबाट श्रीशंकर भगवानलाई ३० कटठा १२ धुर जग्गा दान गरेको मालपोतको डकुमेन्टमा देखिन्छ ।

हेनुहोस : उक्त जग्गा पास गरेको नामसारी गरेको पत्रको छांयाकपी

 

#  के लेखेको छ ? यो माथीको बांके माल रजिष्टर गरिएको पत्रमा !

लिखितम……बांके नेपालगञ्ज बस्ने बर्ष ५१ को खेमानाथ उपा ध्याय आगे मेरो बृद्ध अवस्था समेत हुन लागेकोमा परलोक सुधार गर्नाका लागि दानपुन्य गर्ने मंन्सुवा भएकोहुनाले नेपालगञ्जको बागेश्वरी मन्दिरको अगाढी तलाउको बीचमा स्थपना भैरहेको श्रीशंकर जीको पूजाआजा गर्नलाई आफनै नाउको अरुकसैको नाममा दानबक्स राजीनामा समेत केही नगरिदिएको तप्पे कारकांदो मौजे खास बांकी गाउं रैती नम्बर ४२६ को १ बिघा १० कठा १२ धुर जग्गा बांके माल फांटवारी रजिष्ट्री नम्बर २६२/२३७ अनुसार राजीनामा  ….. नबुझिएको ठाउंका अक्षरक्षरका शब्दहरु लुप्त रहेका छन ।

 

बिक्रम सम्वत २०१४ साल फागुन १९ गते बुधबार मालपोत कार्यालय बांकेको ततकालिन हाकिम सुब्बा लिला प्रशाद उपाध्याय, कायम मुकायम खरदार गणेश बहादुर जोशीले मिन बहादुर श्रेष्ठ, शेषनाथ उपाध्याय र शंकर प्रशादलाई  सांक्षी राखेर स्थानिय स्वर्गिय खेमानाथ उपाध्यायले श्रीशंकर जीको पुजाआजाका लागी बिधि र रित पूर्वक पुजा/आजा गरेर सन्त महन्तहरुले भोचलन गर्ने गरि १ बिघा १० कटठा १२ धुर जग्गा श्रीशंकर जीका ततकालिन पुजारी भोला जोगीले रेखदेख गर्ने गरि पछी सम्म बेचबिखन गर्न नपाउने गरि मालपोत कार्यालयको फांटवारी नम्बर २६२/२३७ अनुसार दानमा प्राप्त भएको उक्त जग्गा पास गरेको देखिन्छ ।

भोलानाथ जोगीले श्री शंकर भगवानलाई प्राप्त जग्गा रेखदेख गदै बिक्रम सम्वत २०२५ सालमा आफनै नामबाट ७८ रुपैया ३ पैसा  कर तिरेको देखिन्छ । उक्त १ बिघा १० कटटठा १२ धुर जग्गाको बार्षिक तिरो ७८ रुपैया ३ पैसा तिरेको मालपोत रसिद समेत मालपोत बांकेमा भेटिएपछी श्रीशंकर भगवानको तर्फबाट भोलानाथ जोगीले आफनो नाममा जग्गा दर्ता गरेको हुनुपर्नेमा नापी कार्यालयमा उक्त रिपोर्ट भेटिएको छैन भने मालपोत कार्यालय बांकेमा समेत उक्त जग्गाको आधिकारी तथ्यांक गायब पारिएको आशंका रहेको छ ।

नेपालमा बिक्रम सम्वत २०२१ म भुमिसुधार ऐन लागुभएपछी जग्गामा हदबन्दी, नापी अध्यावधी गर्दै फिल्डबुकमा लेखांकण र रेखांकण गरि थप ब्यवस्थित गरिएको थियो । २०२१ सालको नापी कार्यालयको नापी फिल्डबुकमा समेत त्यो जग्गा भेटिएको छैन ।

हेनुहोस  : श्रीशंकर भगवानका ततकालिन पुजारी समेत रहनुभएका जग्गाको संरक्षक भोलानाथ जोगीको नाममा तिरो तिरेको रसिद ।

त्यस जग्गाबाट आएको आम्दानीबाटबाट श्रीशंकर भगवानको पुजाआज गर्ने र जग्गाको तिरो तिर्नेक्रममा बिक्रम सम्वत २०२५ साल तिरो तिरेको कारणले जग्गा दर्ता गरेको रेकर्ड हुनुपर्नेमा उक्त रेकर्ड नभेटिएको मालपोत कार्याल र नापी कार्यालयले जानकारी दिने गरेका छन ।

# के उक्त जग्गा कहां कसरी हरायो वा प्रयोग भईरहेको छ  ?

# के त्यो जग्गा नेपालगञ्जको सामाजिक सदभाव कायम रहेकोे बहु धार्मिक स्थल नजिक रहेको सुर्खेत रोड स्थित होटेल डायमण्ड प्यालेस प्रा.लि.का तर्फबाट सुरेद्र बहादुर सिंहले सञ्चालन गर्न लागिरहेको होटेल डायमण्डले होटेलले ओगटेको छ ? 

# होटेल डायमण्ड प्यालेस प्रा.लि.का नाममा १६ कटठा १८ धुर कहां बाट आयो ? 

क्रमश..