कोहलपुरको चप्परगौडीमा रहेको कनोडियाको पेट्रोलपम्पमा उपभोक्ता ठगी, सञ्चालक फरार with video…

२२बैशाख,कोहलपुर/  कोहलपुर नगरपालीका वडा नम्वर १२ चप्परगौडी स्थित पुर्वपश्चिम राजमार्ग किनारामा रहेको कनोडिया अटोमाबाईल्सको पेट्रोल पम्पमा दैनिक सयौं लिटर प्रेट्रोलियम पर्दाथमा ठगी हुने गरेको पाइएको छ । 

  • कनोडिया अटोमाबाईल्सको पेट्रोल पम्पमा मिटर रिडिग गर्ने यन्त्रमा कम प्रेट्रोलियम पर्दा ग्राहकलाई दिएर बढी संख्यामा अंक देखाउने चिप्स भेटिएको छ । कोहलपुरको पूर्वपश्चिम राजमार्गमा दैनिक हजारौं लिटर डिजल र पेट्रोल ग्राहकले लिने गरेका छन ।
    गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले चेकजाँचका क्रममा ठगी गर्ने उद्देश्यले मशिन भित्र जडान गरेकै अवस्थामा सो चिप्स फेला पारेको हो ।
    उपभोक्ताको उजुरीपछि १९ बैशाखमा टोलीले सो पम्पको अनुगमन गरेको थियो । १० लिटर पेट्रोल चेकजाँच गर्दा ५५० मिलिलिटर घटी देखिएपछि सो पम्प सिल गरिएको थियो ।
    ‘सोही दिन नै पम्प खोलेर अनुसन्धान गर्ने भनिएपनि पम्पको साँचो सञ्चालक सञ्जय कनोडियाले लिएर बाहिर गएका कारण सिल गरेका थियौं, गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख शम्भु कुमार झाले बताउनुभयो ।
    सञ्चालक कनोडियालाई सम्पर्क गर्दा सम्पर्कमा आउन आलटाल गरेपछि बिहीबार टोलीले पम्पको मुचुल्का खडा गरी फुटाई चेकजाँच गर्दा सो चिप्स भेटिएको हो ।
    टोलीले सेन्सर तारमा लगाइएको थप सेन्सर तार र चिप्स बरामद गरी अनुसन्धानका लागि लिएर गएको छ । यसअघि पनि कनोडिया पेट्रोल पम्पमा कम तेल दिने गरेको भन्दै मुद्दा चलाइएको थियो ।
    अहिले पनि सो मुद्दा जिल्ला अदालतमा विचाराधिन रहेको गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख झाले बताए । यता मध्यपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशन अध्यक्ष टिपी न्यौपानेले गलत गर्ने लाई प्रश्रय नदिने बताएका छन् ।
    अनुसन्धानबाट सत्यतथ्य पत्ता लाग्ने भन्दै उनले भने ‘यदि साँच्चै नै गलत नियतले चिप्स राखिएको हो भने सम्बन्धित निकायले कारबाही गर्नेछ, हामी गलत गर्नेलाई प्रश्रय गर्दैनौं ।’

Photo : paschimnews.com