खुल्ला सरकारले मात्र लोकतन्त्रको अनुभुती गराउन सक्छ

१७ जेठ, घोराही । खुल्ला सरकारले मात्र लोकतन्त्रको अनुभुती गराउने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । खुल्ला सरकार नागरिक साझेदारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ले बक्ताहरुले बताएका हुन ।

‘कार्यक्रममा शासान व्यवस्थामा मेरो पनि सहभागीता छ’ भन्ने सोच मानिसमा जगाउन सकेमात्र लोकतन्त्रमा सफल भईने बताएका थिए । ग्रमिण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आश्मानी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आथितयतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिति चौधरीले सरकारले गरेको विकास जन अपेक्षीत बनाउन लागी परेको बताउदै सत्ता विरोधी प्रवृतिले जरा गाढेका कारण अपेक्षित विकास हुन नसकेको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै लमहि नगरपालिकाका प्रमुख कुलबाहदुर केसीले जनताले हरेक कामको पारदर्शिता चाहेकोले जनप्रतिनीधिले जनताको चाहाना पुरा गर्न लागी पर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रेस स्वातन्त्रता सेनानी सुशिल गौतम , कृष्ण चौधरी , मुनाल घिमिरे गातकाले बोल्नु भएको थियो । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नविन चौधरीले गर्नु भएको थियो ।