डोटीमा राती गएको भुकम्पबाट जनधनको क्षती: ६ जनाको शव प्राप्त

भुकम्प प्रभाबित क्षेत्रमा उद्धार तथा सहयोगका लागी बुधबार राती नै नेपाली सेनाको भैरबनाथ गणबाट त्यस क्षेत्रमा परिचालित भएको तस्बिर ।

डोटी २३ कार्तिक/  नेपालको सुदुरपश्चिम प्रदेशको डोटी केन्द्र बिन्दु भएर बुधबार बिहान गएको भुकम्पबाट ग्रामिण क्षेत्रमा जनधनको क्षती भएको प्ररारम्भीक जानकारी प्राप्त भएको छ ।

मंगलबार सांझ देखी भुकम्पको झटका  मंगलबार सांझ ९ बजे ५.०७ को झटका,९ः५६ बजे ४.१ रेक्टरको झटका आईरहेकोमा बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटी स्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भएर केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भुकम्प गएको थियो ।

उक्त भुकम्पमा घर भत्किएर पुरिदा डोटी जिल्लाको पूर्बीचौकी गाउंपालिका वडानम्बर ३ गैरागाउंका एकै घरमा ४ जना परिवार सदस्य सहित ६ जनाको मृत्यु भएको छ ।
मृत्यू हुनुहुनेहरुमा गैरागाउंका एकै घरमा खन्टी बोहरा, धनसरी बोहरा, हर्क बोहरा र सीता बोहरा रहनुभएको स्थानिय बासिन्दाहरुलाई उधृत गदै डोटी प्रहरीले जनाएको छ ।

त्यसैगरि सोही ठाउंका स्थानियहरुको भत्किएको घरहरुमा खोज तलास तथा उद्धार गर्ने क्रममा थप २ जनाको शब पप्त भएको र सनाखत हुन बांकी रहेको बताइएको छ । भुकम्पबाट घरहरु भत्किदा स्थानिय बासिन्दाहरुले पालेका पशुपक्षी समेत पुरिएका र बुधबार बिहान भुकम्पबाट भएको क्षतीको बिवरण संकलन र उद्धार कार्यका लागी भुकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधिहरु, रेडक्रस लगायत सामाजिक संघसंस्थाहरु लगायत उद्धार कार्यमा खटिएका छन् ।

घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवनाथ गण डोटी खटिएको छ।
स्थानीय बासिन्दाहरुका अनुसार भुकम्प प्रभाबित क्षेमा रहेका पुराना कच्ची घरहरु भत्किएका छन् । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएर मृत्यु भएको खबर प्राप्त भएको छ । भूकम्पबाट जोगिएकाहरुले चिसो रात खुला आकाशमा रात बिताएको तस्बिरहरु प्राप्त भएका छन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटी जिल्ला स्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तस्बिरहरु स्थानिय ब्यक्तीहरुले उपलब्ध गराउनु भएको हो ।