काभ्रेमा नेपाल प्रहरीका बहालवाला डिआइजी र पत्रकार  सहित ३ जनाको मुत्यू 

१० कार्तिक, काभ्रे/  काभ्रेमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल प्रहरीका बहालवाला डिआइजी शुशील भण्डारीको निधन भएको काभ्रे प्रहरीका प्रमुख रविराज खड्काले जानकारी दिनुभएको छ । भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बा३प २८७ नम्बरको नीजि गाडीमा ६ जना सवार थिए । जसमध्ये मृत्यु हुनेमा डिआइजी सहित मन्डन देउपुर नगरपालिका–४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेका छन् । गाडीमा सवार चालक सहित ३ जनाको सोही अस्पतलामा उपचार भइरहेको छ ।

निजी काममा काभ्रे गएको समयमा डिआइजी शुशील भण्डारी निजी गाढीमा सवार रहेको समयमा दुर्घटना भएको छ ।
भण्डारी परिवार सहित २ दिन पछी अस्ट्रेलिया जान टिकट काटि सकेर श्रीमतीलाई ३ दिन अघि मात्र त्यस तर्फ पठाएका थिए।