१८ कार्तिक/ वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको आज दिउँसो निधन भएको छ ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो ।

स्वास्थ्य अवस्था निरन्तर विग्रदै गएपछि उहाँलाई गत गत साता माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई मस्तिष्कघात भएपछि नर्भिक अस्पताल लगिएको थियो ।

७८ बर्षको उमेरमा निधन हुनुभएका तुलाधर २०४२ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेद्वारको रुपमा निर्वाचित भएपछि उहाँको ख्याति देशविदेशमा चुलिएको थियो ।

तत्कालीन विद्रोेही नेकपा माओवादी र सरकारबीच सम्झौता गराउन महत्वपूर्ण भुमिका निभाउनु भएका तुलाधर २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री समेत रहनु भएको थियो ।

अधिकारकर्मीको रुपमा समेत परिचित तुलाधरको स्वास्थ्य स्थिति केही समय यता निरन्तर विग्रदै आएको थियो