१० असार, नेपालगञ्ज/ रूपन्देही र दाङमा मंगलबार चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर३ मा मृत्यु हुनेमा १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरी छन् भने ८ वर्षीय अविनाश चौधरी घाइते भएका छन् ।
गाउँ नजिकको जंगलमा जामुन खान रूखमा चढेका बेला चट्याङ लागेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
त्यसैगरि रूपन्देहीकोगैडहवा–७ का भगवान दास लोध, कञ्चन–२ का नन्दराम अर्याल र सैनामैना–७ का चन्द्र बहादुर विकको पनि मंगलबार नै परेको चट्याङ लागेर मृत्यु भएको छ।
अर्याल र विक खेतमा काम गरिरहेका समयमा र लोधलाई तरकारी बारीमा काम गरिरहेका बेला चट्याङ लागेको थियो । चट्याङ लागेका लोधको बुटवल-भैरहवाका सडक खण्डमा रहेको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
अर्याल र विकको बुटवलस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रूपन्देहीजिल्लाका प्रहरी प्रमुख हृदय थापाले जानकारी दिनुभएको छ ।
बर्षको समयका परेको चट्याङका कारण गत बर्ष मात्र नेपालमा ६८ जनाको मुत्यू ४ सय जना घाईते र सयौं पशुहरुको क्षती भएको थियो । यो बर्षको हाल सम्म ३१ जनाको मुत्यू र १३९ जना घाईते भईसकेको राष्ट्रिय आपतकालीन सहायता केन्द्रले जानकारी दिएको छ ।
हाम्रो संरचना । १० असार २०७६, मंगलवार २१:५७