बांके प्रहरी हिरासत कक्षमा फेरी अर्को कैदीको मृत्यु, १ हप्ता भित्र बांकेका ३ जनाको मृत्यु

कोहलपुर इलाका प्रहरी कार्यालय

११ जेष्ठ, कोहलपुर / बांके प्रहरी मातहतको हिरासत कक्षमा अर्को बन्दीको मृत्युको घटना घटेको छ । करीब एक हप्ताको अन्तरमा अर्को बन्दीको प्रहरी हिरासतमा मृत्यु भएको घटनाले बांके प्रहरी मातहतका प्रहरी हिरासत कक्ष अब बिस्तारै मृत्यु कक्षको रुपमा परिणत हुदै गएको घटना बिवरणले बताउदै गइरहेको छ ।

बुधबार बिहान करीब ५ बजे तिर मृत्यु भएको भनिएका बांकेको कोहलपुर नगरपालिका वडानम्बर १२ का ४६ बर्षिय कृष्ण लाल कुवंरको बांकेको कोहलपुर स्थित इलाका प्रहरी कार्यालय भित्र हिरासत कक्ष परिसरमा रहेको टवाईलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरी रिपोर्टको आधारमा हिरासत कक्षबाट टवाइलेट गएका उक्त कैदी बन्दी टवाईलेटको भ्यान्टीलेटरमा टिसर्टको पासो घांटीमा लगाएर मृत्युवरण गरेको उल्लेख गरिएको छ ।

हिरासतमा मृत्यु भएका ब्यक्तीलाई कोहलपुर इलाका प्रहरी कार्यालयले गत बैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरि म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।

मृत्यु भएका ब्यक्ती अन्य खासै शारीरिक समस्या नरहेको तर पत्थरी समस्या भएकोले औषधी सेवन गर्ने गरेको पारिवारिक स्रोतले बताएको छ । घटनापछी इलाका प्रहरी कार्यालयले मृतक आफन्तहरुलाइ खबर गरि कानुनी प्रक्रियाहरु गरि पोष्ट माडमको लागी भेरी अस्पतालमा लैजाने तयारी गरिएको छ ।

यस्तै किसिमको घटना बांके नेपालगञ्ज घरबारी टोलका सुन्दर हरिजनको पनि रोल्पा कारागारमा टवाईलेटमै झुण्डिएर मृत्यु भएको कारागार प्रशासनले जनाए पनि आफन्तले शव हेर्दा शरीर भरी निलडाम भएको भन्दै घटना शंकास्पद भएको भन्दै घटनाको छानबीनको लागी नेपालगञ्जमा दवाब दिन बिरोध प्रर्दशन गर्नुभएको थियो ।

त्यसै गरि आज भन्दा ठिक एक हप्ता अगाढी अर्थात आज बुधबार कै दिन बांकेको राप्तीपारी भोजभगवानपुरमा पनि प्रहरी हिरासतमा लिएका बाँकेको नरैनापुर गाउँपालिका वडानम्वर ५ का ३५ बर्षिय रामपाल यादबको पनि मृत्यु भएको र उक्त घटना पनि रहस्मय मृत्यू भएको थियो ।

परिवारले भने उक्त घटनामा रिसिबीका कारण कुटपिट घटना पछी प्रहरी हिरासत कक्षमा पनि नकवजका र लापरबाही पूर्ण ब्यवहारबाट मृत्यू भएको  आफन्तहरुले बताउनु भएको थियो । केही महिना अघि पनि बांके जिल्ला प्रहरी हिरासत कक्षमा झुण्डिएको अवस्थामा २ जना कैदी बन्दीको मृत्यु भएको थियो ।