बांकेको खजुरा स्थित क्यान्सर अस्पतालमा २८ करोडको लिन्याक मेशिन खरिदमा भएको लफडाले भ्रष्टाचार भएको आशंका

बिवाद र आशंका बीच अस्पतालमा आयात गरि जडान गरिएको लिन्याक एशिलेरशन मेशिन

नेपालगञ्ज १६ असोज / बांकेको खजुरा स्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सर पिडित बिमारीहरुको उपचार बिधिका लागी आवश्यक पर्ने करिब २८ करोड बराबरको लिन्याक एशिलेरशन मेशिन (Accelerator ( LINAC) Machine) खरिद प्रक्रियामा देखिएका बिभिन्न त्रुटीका कारण मिलमतोमा भ्रष्टाचार भएको आशंका गरिएको छ ।

मध्य र सुदुर पश्चिम नेपालका २५ जिल्लाको केन्द्रबिन्दुको रुपमा रहेको नेपालगञ्जसगै जोडिएको खजुरामा पश्चिम नेपालका जनताका लागी एक मात्र सुबिधा सम्पन्न क्यान्सर अस्पताल सञ्चालन गर्ने क्रममा आर्थिक बर्ष २०७७/०७८ अर्थात केपी ओली प्रधानमन्त्री कालको सरकारले शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका लागी आवश्य प्रबिधि र जनशक्तीे बिस्तार गर्ने क्रममा महिलाको पाठयघर क्यान्सर पिडितको सेकाई कार्यका लागी अति नै आवश्यक पर्ने लिन्याक एशिलेरशन मेशिन Accelerator ( LINAC) Machine खरिदका लागी स्बीकृत दिएर बजेको समेत ब्यवस्था गरेको थियो ।

लिन्याक एशिलेरशन मेशिन Accelerator ( LINAC) Machine …..

(4721) liner machine – YouTube

 

 

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले एशिलेरशन मेशिन खरिदका लागी बांकेको खजुरा स्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले आथिएक बर्ष २०७७/०७८ मा लिन्याक एशिलेरशन मेशिन खरिद प्रक्रियामा गोलोबल टेण्डर आव्हान गरि प्रक्रिया अगाडी बढाएको देखिन्छ ।

मेशिन खरिद प्रक्रियाको क्रममा अस्पतालले निकालेको सूचना बमोजिम बिभिन्न कम्पनीहरुको प्रतिस्पर्धाको क्रममा छनौट भई सन २०२१ अगस्ट २४ मा इलेक्टा लिमिटेड यूकेको नेपालको लागी आधिकारीक बिक्रेताको रुपमा काठमांडौ स्थित मेडि सोलुसन इन्टरनेशनल प्रा.लि.काठमाडौसंग सम्झौता गरेको डकुमेन्हरुबाट देखिन्छ ।

सम्झौता बमोजिम मेशिन ल्याउने उक्त कम्पनीले सन २०१० मा लन्च भएको युकेमा रहेको इलेक्टा कम्पनीले युके मा नै उत्पादन गरेको इलेक्टा ब्राण्डको लिन्याक एशिलेरशन मेशिन खरिद गरि दिने गरि सम्झौता गरेको सम्झौता पेपरमा देखिन्छ ।

सम्झौता पत्रको पहिलो पृष्ठ……

सम्झौता बमोजिम मेशिन सप्लाई गर्ने कम्पनीले गत बर्ष २०७९ साल पौषको १३ गते बिरगञ्ज भन्सार कार्यालयमा २ वटा कन्टेनरमा प्याक गरि आएको एशिलेरशन मेशिन आएर थन्किएपछी बिवाद बाहिर आउन थालेको देखिन्छ ।

सम्झौता बमोजिम नेपालको भन्सारमा मेशीन आइपुगेपछी स्वास्थ्य सामाग्री भएकाले सोही बमोजिम भन्सार छुट हुने एचएस कोड मार्फत मेशिन मगाउनुपर्नेमा उक्त भन्सार छुट हुने कोडको प्रयोग नगरी अर्कै कोड प्रयोग गरेकाले मेशिन लामो समय भन्सारमा अडकिएपछी मेशिन सप्लार्यस कम्पनीले भन्सारले लिने जरिवाना तिर्नुपर्ने अस्पताललाई पत्र लेखेपछी बिवाद झन चुलिदै गएको देखिन्छ ।

हेनुहोस : मेशिन आयातका लागी फरक पारिएको एचएस कोड उल्लेख कागजात

 

मेशिन ल्याउने सम्झौता पछी कबोल अंकको जम्मा रकमको १० प्रतिशत र बिरगञ्ज भन्सार कार्यालयमा समान आएपछी सामान्य रुपमा कागजात चेकजांच गरेर सम्झौता बमोजिमको थप ५० प्रतिशत रकम भुक्तानी गर्ने सम्झौतामा रहेको छ ।

बिरगञ्ज भन्सार कार्यालयमा मेशिन आएर थन्किएपछी कम्पनीले बांकी रकम माग्ने र सोही समयमा बांकेको खजुरा स्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको प्रमुख शुशिल भन्ने डाक्टर कृष्ण प्रशाद आर्चायको अन्यत्र सरुवा गरिएको र उक्त ठाउंमा डाक्टर निरज भटटराईको सरुवा भएपछी घटना बिस्तारै सतहमा देखापरेको देखिन्छ ।

अस्पताल प्रशासनले सम्झौता बमोजिमको २१ लाख ३१ ह्जार ५ सय डलर मुल्यको मेशिन अस्पतालमा ल्याएर जडान गरेपछी सम्पूर्ण भुक्तानी दिने भनिएपछी भन्सारमा मेशिन अडकिएको र सम्झौता बमोजिमको मेशिन नभएको प्रज्ञापन पत्रमा उल्लेख गरि भन्सारमा बुझाएपछी हालको डाक्टर निरज भट्टराईको टिम भन्सारबाट मेशिन ल्याउन मन्त्रालय देखि भन्सार सम्म र सप्लायर्स कम्पनीसंग भनिए बमा्ेजिमको मेशिन किन नल्याएको भनी कागजातमा पौठेजोडी खेलेको देखिन्छ ।

अस्पतालका पुर्व प्रमुखले भन्सारमा मेशिन आएको भन्दै आफनो सरुवा् पत्र मन्त्रालयबाट आएको दिनमा नै अर्थात गत बर्ष २०७९ असोज १३ गते नै मेशिन सप्लायर्स कम्पनीलाई सम्झौता र एलसी खोलेको रकम २१ लाख ३१ ह्जार ५ सय डलर को ५० प्रतिशत रकम रिलिज गरिदिन बैंक पार्टी सिदार्थलाई पत्र लेखेर गएको र भन्सार छुटाउन भन्सार एजेन्ट पनि सरुवा पत्र आएको केही दिन पछी नियुक्ती गरेको शुशिल उर्फ कृष्ण आर्चायकै समयमा तोकिदिएको देखिन्छ ।

बिरगञ्ज भन्सारले स्वास्थ्य मन्त्रालयको छुट हुने एचएस कोड भएको हुनुपर्नेमा अन्य कोड भरेर पार्टीले मेशिन ल्याएकोले छोडन नसकिने बताएपछी पछील्लो अर्थात खजुरा स्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको हालका प्रमुख डाक्टर निरज भटटराईको टिम कि भन्सार मै मेशिन छोडनु पर्ने कि एचएस कोड सच्याएर भन्सार छुटाउनु पर्ने सम्झौता बमोजिम मन्त्रालयमा बारम्बार पत्राचार र मन्त्रालयमा नै पुगेपछी अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले क्यान्सर अस्पतालका लागी अत्यन्त जरुरीको स्वास्थ्य सामाग्री भएकाले भन्सार तथा शुल्क छुट गर्ने निर्णय गरेर ल्याउने क्रममा सम्झौता बमोजिमको समान नरहेको थप तथ्य खुलेको हो ।

भन्सार छुटको बिशेष निर्णय सहित मेशिन छुटाउन जांदा त उक्त मेशिन स्वीडेनमा निर्माण भएको भनी भन्सार प्रज्ञापन पत्रमा उल्लेख भएपछी ति देशहरुमा उक्त मेशिनको गुणस्तर र मुल्य समेत फरक पर्नसक्ने आशकाममा बर्तमान खजुरा क्यान्सर अस्पतालको टिम झस्किएर स्वास्थ्य मन्त्रालयलाई लिखित रुपमा बृस्तित रुपमा लिखित जानकारी गराएको पाइएको छ ।

हेर्नुहोस:  मेशिन छुटाउन बिरगञ्ज भन्सारमा भन्सार एजेन्टले भरेको स्वीकृत प्रज्ञापन पत्र

 

मन्त्रालयले पनि मेशिन आयातका लागी गरिएको सम्झौता बिपरित स्वास्थ्य सामान आयात गर्दा भर्नुपर्ने एचएस कोड गलत उल्लेख गरि भन्सार सम्म मात्र मेशिन पु–याएर, मिलिजुली गरेर पुरै पेमेन्ट लैजाने, मेशिन आयात गरिने देश र मेशिनको गुणस्तरमा शंका उत्पन्न हुनेगरि आयात कम्पनीका गतिबिधि देखिएको सम्वन्धमा मन्त्रालयले छानबीनका लागी बनाएको ५ सदस्य बिज्ञको टोलीले मन्त्रालयलाई हालै रिपोर्ट बुझाएको छ ।

सम्झौता बमोजिमको मेशिन नआएको देखिएपछी पार्टनर बैक सिदार्थको खजुरा शाखाले पनि सम्वन्धीत पार्टी र अस्पताललाई पत्र लेखि जानकारी गराएको छ ।

हेर्नुहोस : बैकको पत्र……

 

अस्पताल र मेशिन सप्लायर्स कम्पनी बीच भएको सम्झौता बमोजिम पछील्लो पटक भएको बिवादका बावजुद हाल मेशिन सप्लार्य कम्पनीले खजुरा स्थित क्यान्सर अस्पतालमा ल्याएर अस्पतालले मेशिन जडान गर्ने गरि बनाएको अन्डरग्राउड हलमा जडान गरिसकेको छ ।

अस्पताल प्रशासन र मेशिन सप्लार्य बीचको पौठेजोडीका बीच मेशिन जडान भएको र कागजातहरुमा सम्झौता बिपरित लेखिआएकोले पछी केही फरक नपर्ने गरि यसको जिम्मेवारी लिन क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखी आग्रह गरेको थियो ।

मन्त्रालयको टिमले मेशिनको गुणस्तरका बिषयमा कुरा उठेकाले मेशिन सञ्चालन गरि गुणस्तर देखिएमा मेशिन सप्लार्य कम्पनीलाई बांकी रहेको ४० प्रतिशत भुक्तानी दिन टिमले मन्त्रालयलाई सिफारिस गरेको छ ।

कम्पनीले मेशिन जडानपछी आफनो बांकी रकम अभिलम्भ भुक्तानी पाउनुपर्ने दवाब दिदै आएको देखिन्छ ।

आयात गरिएको मेशिन UK base  को उत्पादन हुने भनि सम्झौता गरिएकोम सप्लायर्स कम्पनीले नै चाइनिज भएको दुबै पक्षको विवाद पछी पनि पत्र मार्फत जनाएको छ।

हेर्नुहोस् पत्र: