नेपालगञ्ज २० जेष्ठ/ नेपाल भारत खुला सिमानाको फाइदा उठाउँदै सुन तथा पैसाको तस्करी गर्ने गिरोहहरु मध्येको एक गिरोहलाई बाँके प्रहरीले पक्राऊ गरी कार्वाही गरेको छ ।
शनिबार साँझ नेपालगञ्ज देवाफुलवारी घर भई वडानम्बर २ न्यूरोड स्थित जय माता दी सुन पसल खोलेका विनोद सोनी र निजको पार्टनर हारुन हल्वाईलाई सोत विनाको पैसा सहित नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरेकोमा निज अभियुक्तको प्रारम्भिर बयान सहित कार्वाही का लागि कोहलपुर राजस्वमा बुझाएको छ ।
सुन तथा पैसाको गैर कानुनी कारोवार गरिरहेको सूचनाको आधारमा शनिवार अपरान्ह रुपैडिहाको सब्जी मण्डि स्थित एक गुप्ती पसलबाट पैसा लिएर नम्बर पेलेट नभएको इलेक्ट्री स्कुटरमा राखी नेपालगञ्ज -११ सुनार मण्डी स्थित नुर हल्वाईको छोराले आफनो घरमा पैसा राखेर त्यहाँ बाट थोरै थोरै गरेर नेपालगञ्ज-४ देवाफुलवारी स्थित बिनोद सोनीको घरमा पैसा ओसार्ने क्रममा शनिवार अपरान्ह घटनास्थलबाट ८ लाख नगद सहिन २ जनालाई नियन्त्रणमा लिएर बाँके प्रहरीले थप अनुसन्धान अगाढी बढाएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरु मध्य जयमाता दी सुन पसलको नाममा सुन तथा पैसाको तस्करी गर्ने क्रममा यस अघि केही बर्ष अघि काठमाडौंमा जय माता दी पसलका विनोद सोनीको छोरा विशाल सोनी समेतलाई करिब डेढ करोड रुपैया सहित पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालयमा कार्वाहीका लागी रिपोर्ट पठाएको देखिन्छ ।
त्यसैगरी सोही ब्यक्तीको करिब २ बर्ष पहिल्य नेपालगञ्जको घरवारी टोल स्थित एक छापाखानाबाट १ करोड २० लाख सहित निजहरुको पैसा बाँके प्रहरीले नै पकाउ गरेको थियो ।
त्यसैगरि गत महिना पनि नेपालगञ्ज -२ घरवारी टोलबाट बाँके प्रहरीले ३५ लाख १५ हजार रुपैयाँ सहिन सोनीका पैसा बोक्ने भरियालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेको पैसाको सम्बन्धमा ततकालिन बाँके प्रहरी प्रमुख सुभास बोहरालाई झुक्याएर ललिपप देखाएर एकातिर पैसा दिएर कुरा मिलाउने र अर्कोतिर पार्टीका नाममा बिभिन्न दलाल नेता तथा कार्यकर्ता लगाएर बाँके प्रहरी प्रमुखले पैसा खाएको विषय आईजिपी सम्म कुरा पुऱ्याउने कार्य गरेकाे घटना अध्यनको क्रममा देखिन्छ ।
पक्राऊ परेका बिनोद सोनीका छोरा बिशाल सोतीले पक्राउ परेको ३५ लाख १५ हजार मध्य प्रहरीलाई पहिल्य १० लाख दिने प्रस्ताव अभियुक्तले गरेको अरु फिर्ता गर्न दवाब दिएको तर पछी प्रहरीले १५ लाख लिएर अरु सबै फिर्ता गरेको घटनामा बाँकेका एकजना समाजवादीका युवा नेताको सेटिङ्ग मिटिङ्ग मार्फत ४.५ लाखमा उक्त घटना कुरा मिलाएको र सो कुरा आइजिपी सम्म पुगेपछी ततकालिन बाँके प्रहरी प्रमुखको पनि सरुवा हुनुले सुन तथा पैसाको तस्करको मनोवल बढेको देखिन्छ ।
सुन तथा पैसा तस्करीको आरोपमा शनिबार रंगे हात पक्राउ परेका बिनोद सोनी भारतिय र नेपाली नागरिकता लिएर दोहोरो नागरिकता प्रयोग गर्ने गरेको स्रोतले जनाएको छ ।
विनोद सोनीले नेपालाञ्जको व्यूरोडमा सञ्चालन गरेको जय माता दी नामका सुनको पसलमा सुनको कारोबारो एकदमै न्यून हुनेगरेकोमा निजको उक्त पसल दर्ता तथा कारोवारोको अडिर रिपोर्टका साथ निजको आम्दानी खर्च विवरण छानवीन दायरामा त्याउनु पर्ने देखिन्छ ।
शनिवार हुण्डीको पैसा तस्करी भईरहेको समयमा पक्राउ परेका पसलका मालिक विनोद सोनी र अर्का ब्यक्ती हारुन हल्वाईलाई छुटाउन गएका यस्तो कार्यमा दलाली गर्ने आरोप लागेका ब्यक्ती शनिवार साँझ रित्तै हात फर्किएका थिए भने आईतबार पुन: दलवल सहित पुगेका थिए ।
बाँकेमा बिभिन्न बैकहरुको समेत प्रयोग गरेर हुण्डी मार्फत गैर कानुनी सुन तथा पैसाको कारोवार गर्ने कार्य बाँके प्रहरीले नियन्त्रण गर्ने सक्रियता देखाउने क्रममा सोनी पक्राऊ परेका थिए ।
बाँके प्रहरीले उक्त घटनाको पछिल्लो श्रृखलाको अनुसन्धान तथा कार्वाहीका लागी सम्बन्धित कोहलपुर स्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएकोमा प्रति व्यक्ति ८/८ लाख धरौटीमा आईतवार नै २ जना छुटेका छन् ।
बिनोद सोनीको नागरिकताका विषयमा बाँके प्रहरीले छुट्टै छानवीन गर्ने बाँके प्रहरीले जनाएको छ ।
कोहलपुर स्थित राजस्व अनुसन्धानको पछिल्ला विभिन्न कार्यहरुका विषयमा भने जनगुनासा बढ्दै जानेक्रममा केही व्यक्तिहरु हाम्रो सम्पकमा आएर दलाल लगाएर पैसा उठाउने गरेको दावी गर्नुभएको छ भने सम्बन्धित पक्ष वेवारिसे जस्तै देखिएको छ ।
हाम्रो संरचना । २० जेष्ठ २०८१, आईतवार १५:३६