बांकेमा यसरी सेटल गरिन्छ नागरिकता काण्ड ! भारत भिन्गाका शंकास्पद मेराज मनिहारले प्राप्त गरेको जन्मसिद्ध नेपाली नागरिकता, त्यसको उजुरी र छानबीनमा प्रशासनको चलखेल..

नेपालगञ्ज २५ भदौ / भारतमा बिभिन्न अपराधमा संलग्न रहेर नेपालमा आई लुकेर बसोबांस गर्ने र तिनिहरुले देश द्रोही शासक/प्रशासकलाई प्रलोभनमा पारेर नेपाली नागरिकता प्राप्त गरि यतै घरजम गरेर बस्ने पछी नेपालमै पनि बिभिन्न अपराधमा संलग्न हुने घटना नेपालमा अब सामान्य हुन थालेको छ ।

यस्तै घटनाहरुको अध्ययनको क्रममा बांकेको नेपालगञ्जमा घटेको एउटा घटना उदाहरणको रुपमा प्रस्तुत गरेका छौ ।
भारतको भिन्गा क्षेत्रका बासिन्दा रहेका मेराज मनिहार भन्ने ब्यक्ती केही बर्ष पहिल्य आफनो मामा नाता पर्ने ब्यक्तीले नेपालगञ्जको बागेश्वरी मोडमा कपाल काटने नाईको पसल सञ्चालन गरेको र सोही नाईको पसलमा काम गर्ने गरि मामाको साथमा लागेर भारतको भिन्गा क्षेत्रबाट मेराज मनिहार नेपालगञ्ज आएका्े जानकारहरुले बताउनु भएको छ ।
निज मेराज मनिहारले निजका आमा–बुवा, शाखा सन्तान भारतको भिंन्गामा क्षेत्रमा बसोबास रहेको र नेपालमा बाबु–आमा बिनाको नेपाल मै जन्मेको भन्दै बिक्रम सम्वत २०६३ साल माघको १२ गते ततकालिन नेपालगञ्ज वडानम्बर ३ बाट जन्मदर्ता र बसोबासको झुटा बिवरणहरु पेश गरेर जन्मको आधारमा नागरिकता प्रमाण पत्र नम्बर ६६३०१९/६३६ नेपाली नागरिकता लिएको देखिन्छ ।

मेराज मनिहारले झुटा बिवरण पेश गरि नागरिकताको प्रमाण पत्र बितरण कार्यबिधि निर्देशिका २०६३ को दफा ३६ को १० बिपरित गैर नेपाली नागरिकले नागरिता लिएको भन्दै स्थानिय सहाबुद्धिन जसगढले जिल्ला प्रशासन कार्यालय बांकेमा मिति २०७४ साल चैत्र ९ गते पहिलो उजुरी दिएको देखिन्छ ।

उक्त उजुरी जिल्ला प्रशासन बांकेमा परेपछी मेराज मनिहारलाई नेपाली नागरिकता सहित बांके प्रहरी मार्फत जिल्ला प्रशासनमा उपस्थित गराइन्छ ।
मेराज मनिहार प्रशासनमा उपस्थित भएर अध्ययन अनुसन्धानको नाममा बयान दिन सुरु गरेपछी त्यहां नेपाली नागरिकता सम्वन्धी बिवाद र त्यसलाई सल्टाउन अनेकौ चलखेल भएको बिभिन्न डकुमेन्टहरुले इस्पष्ट देखिन्छ ।

घटना अध्ययनको क्रममा मेराज मनिहारले ततकालिन नेपालगञ्ज वडानम्बर ३ का बिभिन्न ब्यक्तीहरुलाई समेत लोभ लालच मिलेमतोमा नेपाल मै जन्मेको र बसोबास रहेको भनी नेपाली नागरिकता प्राप्त गरेको देखिन्छ ।

आन्तरिक राजश्वको अध्ययन बिवरण अनुसार पनि मेराज मनिहार हाल सञ्चालन गरेका हार्ड वेयर ब्यवसायबाट बार्षिक कारोबारोबाट न्यून नाफा भएकोले कर पनि कमै तिरेका देखिन्छ भने अनसिन अर्थात गोप्य धनबाट नेपालगञ्जको इदगाह रोड अर्थात बिपि चौक नजिकमा स्थानिय चुन्ना जसगढ र राजु जसगढको सगोलको करोडौं मुल्यको घर खरिदका लागी बयना लगाउदा नागरिकता केश बाहिर आएको देखिन्छ ।

राजु र चुन्नाको घर मिति २०७४ सालमा मेराज मनिहारले खरिदका लागी बयाना रकम पहिल्य दिएको र पछी पास गर्दा दुबै पक्ष बीच पुरानो मुल्यमा लिनेदिने बिषयमा मुल्यको बिषयमा बिवाद उत्पन्न भएको देखिन्छ ।

घर–जग्गा पास गर्दा मेराजले पेश गरेको नेपाली नागरिकताका बिषयमा पनि सोधखोज गर्दा मेराज मनिहार भारतिय नागरिक भएको थाह भएपछी जिल्ला प्रशासन बांकेमा उजुरी परेको देखिन्छ ।

उजुरी परेपछी मेराज मनिहारले प्रशासनमा परेको उक्त मुद्धा सल्टाउन स्थानिय बिभिन्न ब्यक्तीहरुलाई लोभ–लालच र आश्वासन दिएर प्रशासनमा दवाब दिएको पनि घटना अध्ययनको क्रममा पाइन्छ ।

मेराज मनिहारको २०६३ को नागरिकता तानेर अध्ययन गरेको प्रशासनमा ततकालिन समयमा मुद्धा फांटमा सुब्बाको रुपमा भण्डारी कार्यरत रहेको देखिन्छ । घर–जग्गाको बिवाद मिलेपछी नागरिकता केश मिलाउन घर–जग्गाको मुल्यमा बिवाद गरेर बढी पैसा लिने चुन्ना जसगढ देखि स्थानिय राजनितक दलका नाममा दलाली गर्ने त्यही ततकालीन वडानम्बर ३ कै कु–नेता, निज मनिहारका नाता पर्ने एक जना पत्रकार देखि ब्यवसायी अबदुल हन्नानको साथ र सहयोग मागेको पनि घटना अध्ययनको क्रममा देखिन्छ ।

भारतिय नागरिक मेराज मनिहारको नागरिकता केशका बिषयमा मेराजले आफुलाई सहयोग माग गर्न आएपछी आफु जिल्ला प्रशासनमा गईदिएको हो हन्नानले बताउनु भएको छ । त्यो गैर नेपालीले नागरिकता पाएको भनिएको केशमा मेराजको भारतिय आधार कार्डं, भोटर कार्ड समेत उजुरीका साथ पेश गरिएको र त्यो केश कसरी मिल्यो पछी आफु नगएको हन्नानको भनाई छ ।

मेराजको नागरिकताका बिषयमा सहाबुद्धिन जसगढले उजुरी दिएको र उक्त नागरिकता छानबीनको नाममा मिलेमतोमा सेटिंग गरेको सुइको पाएपछी सहाबुद्धि जसगढले स्थानिय प्रशासनलाई खबरदारी गर्दै दोस्रो पटक मिति २०७५ साल असार ७ गते दोस्रो उजुरी दिएको देखिन्छ ।

मेराज मनिहार भारतिय रहेको र बिभिन्न सम्वन्धीत पक्षहरुलाई लोभ–प्रलोभनमा पारी सेटिंगमा गैर नेपालीले नेपाली नागरिकता लिएको भनेर दोस्रो पटक अर्थात पहिलो उजुरी दिएको करिब ३ महिनापछी मेराज मनिहार भारतिय रहेको निजको भारतिय आधार कार्ड, भोटर कार्ड समेत उजुरी साथ पेश गर्दा फेरी फेरी अर्को उजुरी माग गर्ने कार्य स्थानिय प्रशासनको घिनौना हरकत देखिएपछी सहाबुद्धिन मेराज भारतिय रहेको प्रमाण सहित दोस्रो पटक उजुरी दिएको देखिन्छ ।

दोस्रो पटकको उजुरी प्रमाण सहितको भएर कडा परेपछी ततकालिन प्रमुख जिल्ला अधिकारी मदन भुजेलको नेतृत्वमा रहेको मुद्धा फांट हर्ताकर्ता भण्डारीले उक्त नागरिकता केशलाई सेटल गर्न अनेकौं चलखेल र बहानाबाजी गरिएकोले र केश आर्थिक चलखेलमा ततकालका लागि सेटल गरिएको घटना र मिशिल अध्ययनको क्रममा देखिन्छ ।

बांके जिल्लको नेपालगञ्ज उपमहानगर वडानम्बर ११ इदगाह रोड अर्थात केही महिना अगाढीे नेपालगञ्जको अशान्त बनाउन खोजीएको ठाउं निर घर खरिद गरि सोही घरमा बस्दै आएका मेराज मनिहारको हाल नेपालगञ्ज र भारतमा स्रोत बिनाको करोडौं रुपैया बराबरको शंकास्पद सम्पती समेत रहेको स्रोतहरुले जानकारी दिएका छन ।

निजको नागरिकता सम्वन्धी परेको केशमा मुद्धा फांटका ततकालिन भण्डारीको मास्टर माइण्डमा ततकालिन बांकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आफु सरुवा भएर जानु अघि तामेलीमा राखी दिने निर्णय गरेको देखिन्छ ।

प्रमाण सहित परेको उक्त उजुरी के–कसरी मिल्यो हालको अवस्थामा पाठकहरु सजिलै अनुमान गर्नसक्नु हुन्छ ।–तर यस्तो देश द्रोही काम गर्ने ब्यक्तीहरुको मनोबल भने यस्ता घटनाले अवस्य पनि बढेको हुनुपर्दछ ।

बैदेशिक नागरिकले नेपाली नागरिकता प्राप्त गरेपछी उस्ले गरेको चलखेल झनै डेन्जर रहेको नागरिकता मुद्धा मिलाउन गरिएको हर प्रपञ्चबाट सजिलै अनुमान गर्न सकिन्छ ।

मेराज मनिहार भारतिय भएको प्रमाण सहित परेको उजुरी आर्थिक चलखेल र सेटिंगपछी ततकालिन बांके प्रशासनले छानबीनको नाममा प्रहरी मार्फत स्थलगत सर्जमिन मुचुल्काको सहारा लिएको देखिन्छ ।

प्रमाण सहित बिदेशी नागरिक मेराज मनिहारले सेटिंगमा नेपाली नागरिकता लिएको उजुरी बांके प्रशासनले ततकालिन समयमा एउटा कमाउ धन्दाकोरुपमा सेटिंग मास्टरहरुले प्रयोग गरेको देखिन्छ ।

किन त्यस्तो देखिन्छ भने मेराजको नागरिकता छानबीनको बिषय रहेको उजुरी कर्तालाई नै त्यसको केही प्रमाण नभएको भन्दै सेटिंग मास्टरहरु चलखेलमा केश रफादफा गर्न लागिरहेको आशंका लागेपछी उजुरीकर्ताले फेरी मिति २०७५ असार ७ गते दोस्रो उजुरी गर्नुपरेको देखिन्छ ।

उजुरी गरेको भोली पल्ट नै मिति २०७५ असार ८ गते जिल्ल्ला प्रहरी कार्यालय बांकेको चलानी नम्बर २२९८ बाट रेडिमेड सर्जमिन मुचुल्का बांके प्रशासनले प्राप्त गरेको उक्त नागरिकताको केशको मिशिल अध्ययनमा देखिन्छ ।

प्रशासनमा उजुरी परेको भोली पल्ट नै सर्जमिन मुचुल्का बुझेर दोस्रो दिन नै प्राप्त गरिसकेको मिशिल मै उल्लेख गरि त्यही मुचुल्काको आधारमा सेटिंग मास्टरहरुको प्रि प्लानिंगमा उक्त नागरिकता केश तामेलीमा राख्ने निर्णय ततकालिन सिडियो मदन भुजेलले गरेको देखिन्छ ।

प्रहरीको घटना स्थल मुचुल्काको कहानी पनि बडो रोचक छ ।
मेराज मनिहारले नेपालगञ्ज वडानम्बर ३ मा जन्मीएको भनेर फर्जि डकुमेन्टको आधारमा नेपाली नागरिकता लिएको उजुरी सेटल गर्न बांके प्रशासनले बांके प्रहरी मार्फत एउटा प्रि प्लानिंगको फिल्ड सर्जमिनको आधार डकुमेन्टको सहारा लिन्छ ।

उक्त फिल्ड सर्जमिन गर्न मेराजलाई गाह्रो परेपछी चिनजानेको नाता पर्ने पत्रकार मेराज सल्मानीलाई घटनाको बिवरण ढाकछोप गरेर झुटा आश्वासन दिएर सर्जमिनको लागी सहयोग गरिदिन आग्रह गरेको पनि देखिन्छ ।

पत्रकार सल्मानीले पनि अब धेरैले यस्तै गरेकाले आफुले पनि सर्जमिनको लागी आएको वडाको प्रहरी टोलीलाई पुरानो वाड प्रहरी कार्यालय निर गरिएको सर्जमिनमा यसो मिलाएर पठाईदिन आग्रह गरेको तर भारतिय आधार कार्ड र भोटर कार्ड समेत प्रशासनमा पेश भएको आफुलाई थाह नभएको र निज ब्यक्ती भारतिय नागरिक नै भएको सबैलाई थाह छ । त्यो केश प्रशासनले पछी कसरी मिलायो आफुलाई थाह नभएको बताउनु भएको छ ।

नागरिता केश कसरी मिल्यो ? त्यो पक्ष अझ रोचक छ ।

कोही भन्छन १५ मा मिल्यो, कोही भन्छन २५ मा मिल्यो । कोही भन्छन मेराजलाई दरो चुना लाग्यो । फिल्ड सर्जमिनमा सहयोग गरिदिए वापत भारतिय नागरिक मेराज मनिहारले २० हजार दिने आश्वासन दिएको भन्ने जानकारी प्राप्त बिषयमा पत्रकार मेराज सल्मानीले पनि आश्वासन त दिएकै हो तर आफुले नलिएको बताउनुभएको छ ।

उता बांके प्रशासनमा केश मिलाउन सहयोग गर्ने हन्नान, जसगढले पनि स्वीकादै सम्वन्धीत निकायहरुले ख्याल गर्नुपर्ने बिषय नगरेपछी आफुले त चिनेजाने हिसाबले गइदिएको मिलाउन मिल्ने नमिल्ने केशका बिषयमा त प्रशासनले आफै बुझनुपर्ने बिषय भएको बताएका छन ।

हेर्नुहोस उजुरीकर्ताको पक्षबाट प्राप्त मिशिलको फोटो कपी
गैर नेपालीले २०६३ मा नागरिकता नेपाली नागरिता कसरी पाएर त्यस्ता उजुरी परेमा प्रशासनले कसरी सेटल गर्ने गरेको छ भन्ने एउटा दरिलो प्रमाणको रुपमा मेराज मनिहार नागरिकता काण्डबाट बुझन सकिन्छ ।

Meraj manihar

# के लेखेर प्रशासनले मिशिल सेटल गर्ने हिम्मत जुरायो । माथीको पत्रमा उल्लेख गरिएको …

  • ” छानबिनकै क्रममा नागरिकतावाला मेराज मनिहार जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गर्न नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी बसोवास गर्दै आएका व्यक्ति हुन/होइनन भन्ने सम्बन्धमा प्रहरी मार्फत स्थलगतरूपमा सर्जमिन बुझ्‌दा निज नेपालगंज उ.म.न.पा. साबिक बडा नं. ३ मा जन्म भई सोही स्थानमा स्थायी रूपमा बसोबास गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाँकेको च.नं. २२१८ मिति २०७५।३।८ गतेको पत्र साथ प्राप्त हुन आएको सजीमन मुचुल्काबाट खुल्न आएको ।
  • छानबिनके क्रममा नागरिकतावाला मेराज मनिहार भारतिय नागरिक भएको पुष्टि हुने खालको थप प्रमाणहरू उजुरीकर्तासँग माग गर्दा भारतीय मतदाता नामावली र मतदाता परिचयपत्र समेतको फोटोकपी उजुरीकर्ता सहाबुद्दिन जसगढले मिति २०७१।३।७ गते निवेदन साथ पुनः पेश गरेको ।

ठहर खण्ड

  • नागरिकतावाला मेराज मनिहारले नेपाल सरहदभित्र जन्म र स्याथी बसोवास भएको झुट्टा विवरण पेशगरी नेपाली नागरिकता लिएका हुन/होइनन् भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
  • यसमा उजुरीकर्ताको उजुरी अनुसार छानविनको क्रममा उजुरीकर्ताको तर्फबाट पेश भएका भारतिय प्रमाणहरू र सो सम्बन्धमा यस कार्यालयबाट प्रहरी मार्फत बुझिएको स्थलगत सर्जमिन लगायतका प्रमाणहरूको अध्ययन गर्दा उजुरीकर्ता सहाबुद्दिन जसगढले नागरिकताबाला मेराज मनिहार भारतीय नागरिक भएको परिचय खुल्ने खालका भारतीय मतदाता परिचय पत्र तथा मतदाता नामावलीको छायाँप्रति पेश गरेको देखिएता पनि उक्त प्रमाणहरूको आधिकारीकता नखुलेको र नागरिकतावाला मेराज मनिहार नेपालगंज उ.म.न.पा. साविक वडा नं. ३ मा जन्म भई सोही स्थानमा स्याथी रूपमा बसोबास गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाँकेको च.नं २२१८ मिति २०७५।३।८ को पत्रसाथ प्राप्त सर्जमिन मुचुल्काबाट खुल्न आएको हुँदा उजुरीकर्ताले पेश गरेका भारतिय प्रमाणहरूको आधारमा नागरिकतावाला मेराज मनिहारले नेपालगंज उ.म.न.पा. साबिक वडा नं. ३ मा जन्म र स्याथी बसोबास रहेको झुट्टा विवरण पेस गरी मिति २०६३।१०।१२ गते जन्मको आधारमा ना.प्र.नं. ६६३०१८/६३६ को नेपाली नागरिकता लिएको पुष्टिहुन सकेन । तसर्थ निवेदक सहाबुद्दिन जसगढले पेश गरेका भारतिय प्रमाणहरू बाहेक प्रहरी मार्फत बुझिएको स्थलगत सर्जमिनबाट निजको जन्म र बसोबास भारतमा भएको पुष्टिहुन नसकेको कारणले पछि निजको भारतमा जन्म र स्थायी बसोवास भएको ठोस प्रमाण फेला परेका बखत निजले प्राप्त गरेको नागरिकता माथि थप अनुसन्धान हुने गरी नागरिकताको प्रमाणपत्र वितरण कार्यविधी निर्देशिका, २०६३ को दफा ३६ (१०) बमोजिम मेराज मनिहारको नागरिकता विरुद्धमा सहाबुद्दिन जसगढले मिति २०७४।१२।८ गते दिएको उजुरीलाई हाल तामेलीमा राखिदिने ठहर्छ । उक्त उजुरीलाई तामेलीमा राखिदिने ठहरेकोले अरूमा तपसिल बमोजिम गर्नु।

तपसिल

१. निर्णयको जानकारी गृह मन्त्रालयमा पठाउनु ।

२. छानविनको क्रममा मेराज मनिहारको ना.प्र.प. खिचिएको भए निजलाई फिर्ता गरीदिनु ।

३. सरोकारवालाले निर्णयको नक्कल माग गरेमा नियमानुसार नक्कल दिनु ।

४. नागरिकता प्रतिलिपी शाखामा निर्णयको जानकारी पठाउनु ।

५. उजुरीको लगत कट्टा गर्नु ।

(मदन भुजेल)

प्रमुख जिल्ला अधिकारी

इंति सम्बत २०७६ साल जेष्ठ महिनाको गते रोज मा शुभम् ……

बांकेमा हामीले यस अघि भारत बहराइच चर्दाका बिनोद सोनी र निजका छोरा बिशाल सोनीले नेपाली नागरिकता हासिल गरेर नेपालगञ्जको न्यूरोडमा जय माता दी र बिशाल ज्लर्सको नाममा नेपाल–भारत सुन र पैसा तस्कर जस्ता बिभिन्न अपराध संलग्न रहेको घटना प्रस्तुत गरिसकेका छौ ।

हालको बांके प्रशासनले निजहरुलाई तारिखमा राखेर छानबीन तथा अनुसन्धान जारी राखेको छ । निजहरुले पनि सेटिंगमा नेपाली नागरिकता लिएको शंकास्पद सम्पती रहेको बिषयमा छानबीन गर्नुपर्ने देखिन्छ ।

यी २ घटनाले बांकेमा नेपाली नागरिकताका लागी चलखेल गर्ने गिरोह बांकेमा सक्रिय रहेको देखिन्छ । यसका लागी सबैले निगरानी गर्नुपर्ने अवस्था रहेको छ ।

clicks here more about like news…

 

फेरी पनि धरौटीमा छुटे नेपालगञ्ज न्यूरोड स्थित जय माता दी ज्वलर्सका मालिक विनोद सोनी – HamroSamrachana

पैसा तस्कर बाबुछोरा बिनोद र बिशालका बिषयमा बांके प्रशासन र प्रहरीबाट एकसाथ छानबीन सुरु, अख्तियार र सम्पती सद्धिकरण हरकतमा आउनै बांकी – HamroSamrachana

कृते कागजात पेश गरि नेपाली नागरिता हात पारेपछी सोनारका बाबुछोरा बिनोद र बिशाल अपराध जगतका बादशाह बन्ने होडमा – HamroSamrachana