नेपालगञ्ज २८ साउन / आर्थिक तथा सामाजिक अपराधका बिभिन्न घटनाहरुमा तिरन्तर जोडिदै आएपछी बिनोद कुमार सोनी र निजका जेठो छोरा बिशाल सोनीका सम्वन्धमा गरिएको संक्षिप्त खोजमा निज बावु छोरा भारतिय नागरिक रहेको र नेपालमा आर्थिक चलखेल गरि बिभिन्न अपराधीक घटनामा सहभागी भएको सार्वजनिक भएपछी तिनिहरु सार्वजनिक रुपमा नै तिलमिलाउन थालेका छन ।
नेपालगञ्ज वडानम्बर २ मा पर्ने बागेश्वरी हल नजिक न्यूरोडको पश्चिम पटटी जय माता दी सुन चांदी र बिशाल सोनीका नामका पसलका बोर्ड राखी बिगत लामो समय देखि नेपाल–भारतको जमुनहा नाका क्षेत्रबाट सुन तथा पैसाको तस्करी एवम हुण्डी लगायतको कु–कार्य गरिरहेको समयमा नेपाल प्रहरीले निजका बाबुछोरालाई नै पटक–पटक पक्राउ गर्ने र मिलेमतोमा छुटने कार्यले निजका बाबुछोराको मनोबल बढेर सामाजिक अपराधको बादशाह बन्ने होडमा बाबुछोरा नै लागेको बिभिन्न घटनाक्रमहरुले पुष्टी गरेको छ ।
भारत युपी, बहराइच जिल्लाको बाबागञ्ज नजिक नवाबगञ्ज रोडमा पर्ने चर्दा गाउं नजिक बसोबास गर्ने हनुमान प्रशाद सोनीको ३ भाई छोरा मध्य २ भाई माईलो प्रेम सोनी र बिनोद कुमार सोनी काम खोज्ने सिलिसिलामा नेपालगञ्ज आएको देखिन्छ भने जेठो भाई राम कुमार सोनी बाबागञ्ज मै घर बनाएर त्यही बसोबांस रहेको छ ।
काम खोज्ने क्रममा पहिल्य बिनोद कुमार सोनीका माईलो दाई नेपालगञ्ज आएर नेपालगञ्जको सुनार मण्डीमा सुनका गहनामा बुटटा हान्ने मेशिन चलाउने कार्य गदैआएका थिए । सोही काम गर्नेक्रममा नेपालगञ्जको खजुरा क्षेत्रबाट बिहवारी समेत गरेपछी भाई बिनोद कुमार सोनीलाई काममा लगाउन दाई प्रेम सोनीले भारतबाट नेपाल ल्याएर पहिल्य आफु सगै राखेर काम सिकाउने गरेको स्थानिय सुनारम ण्डीका जानकारहरु बताउनुहुन्छ ।
भाई बिनोद कुमार सोनीलाई भारतबाट ल्याएर काममा लगाउने क्रममा प्रेम कुमार सोनी सुनार मण्डी नजिक सदरलाईनमा रहेको रामधन बनियांंको नाती अनिल बनियांको घरमा भाडामा बस्ने गरेका थिए ।
सुनार मण्डीमा सुनको डाई हान्ने मेशिन चलाउने क्रममा बिनोद कुमार सोनीलाई प्रेम सोनीले आफु सगै कोठामा राखेर काममा लगाएकोमा पछी आफुले गर्ने कामको जिम्मा भाई बिनोदलाई सुम्पेर दाई प्रेम सोनी बर्दियाको गुलरिया तर्फ लागेको देखिन्छ ।
प्रेम सोनी हाल बर्दियाको गुलरिया क्षेत्रमै कार्यरत रहेका छन भने भाई बिनोद कुमार सोनीले पछी नेपालगञ्जको त्रिबेणी मोड चौक पूर्व बिस्कोरियन टोलमा सटर भाडामा लिएर सुनका गहना बनाउने सानो कुटुरे पसल खोलेर बिभिन्न सुन पसलका गहना बनाउने काम लिने गरेका सम्वन्धीत ब्यक्तीहरुले जानकारी दिनुभएको छ ।
निज बिनोद कुमार सोनी नेपालगञ्ज आएर सुनका गहना बनाउने पसल सञ्चालन गर्नेक्रममा नेपालमा ततकालिन बाबुराम भटराई सरकारले बाबुआमा नेपाल मै बसेर छोराछोरीका हकमा नेपाल मै जन्म भएको आधारमा त्यसलाई स्थानिय राजनितिक दलका प्रतिनिधिहरुले सिफारिस गरेपछी जन्मको आधारमा नेपाली नागरिकता पाउने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मानेर बांके प्रशासनले पनि टोली बनाएर नागरिकता बितरण गरेको थियो ।
नागरिकता बितरण गर्ने क्रममा बिनोद कुमार सोनीले पनि ततकालिन वडा सचिवसंगको मिलेमतोमा जन्म दिने बाबुआमा उतै बाबागञ्ज रहेपनि बाबुआमा बिना आफु बिक्रम सम्वत २०२८ साल माघ १० गते नेपालगञ्ज वडानम्बर ९ एकलैनी अर्थात मुस्लिम समूदायको बाहुल्यता रहेको टोलबस्ती मै जन्मेको कृते जन्म दर्ता तथा मिलेमतोमा सर्वदलिय सिफारिस गरि नेपाली नागरिकता प्राप्तीका लागी आवेदन दिएको देखिन्छ ।
नागरिकता टोलीले नेपाली नागरिकता दवाब पूणं अन्धाधुन्ध बितरण गर्ने क्रममा ततकालिन टोलीमा खटिएका जिल्ला शिक्षा कार्यालय बांकेका ततकालिन बि.नि.डबल बि.सि.ले हस्ताक्षर गरेको उक्त बिनोद कुमार सोनीको नागरिकताका बिषयमा गरिएको संक्षिप्त अनुसन्धानमा सोनी नितान्त भारतिय नागरिक भएर पनि नेपाली नागरिकता सहजै हात पारेर नेपालमा अपराध जगतमा लागेको देखिन्छ ।
बिनोद कुमार सोनीले लिएको नेपाली नागरिकता पेश गरेको बिभिन्न डकुमेन्टहरु एकातिर कृतिम देखिन्छ भने अर्कोतिर निज सोनी भारतमै जन्मेको र काम खोज्ने सिलसिलामा नेपालगञ्ज आएको देखि र सुनि जान्नेहरु बिशेष गरि नेपालगञ्जको सुनार मण्डिमा प्रसस्त नेपाली नागरिकहरु रहनुभएको छ ।
बिनोद कुमार सोनी बहाराइच बाबागञ्जको नवाबगञ्ज रोडको चर्दा गाउंमा बिक्रम सम्वत २०२८ साल माघ २८ गते जन्मेकोमा निजले नेपाल मै जन्मेको भनी बिक्रम सम्वत २०६३ साल फागुन ३ गते नागरिकता टोली प्रमुख डबल बिसिको टोली समक्ष कृते डकुमेन्ट पेश गरि नेपाली नागरिकता लिएको देखिन्छ ।
हेनुहोसः बिनोद कुमार सोनीले जन्मसिद्धको आधारमा लिएको नेपाली नागरिकताको छांया कपी
बांकेमा यसरी कृते डकुमेन्ट पेश गरि नेपाली नागरिकता लिएका ब्यक्तीहरुका सम्वन्धमा सार्वजिनक भएका र उजुरी परेका घटनाहरु मध्य ५५ जना ब्यक्तीका नागरिकता गृह मन्त्रालय मार्फत बांके प्रशासनले खारेजी गरिएको देखिन्छ भने केही नागरिकता केश मिलेमतोमा सेटिंगमा मिलाईएको घटना अध्ययनको क्रममा पाइएको छ ।
खारेजीमा परेका नागरिकताहरु अधिकांस बिनोद कुमार सोनी कै जस्तो नेपाल मै जन्मेको कृतिम डकुमेन्ट पेश गरि २०६३ सालको नागरिकता बितरण टोलीसंग नागरिकता लिएका ब्यक्तीहरु रहेका छन ।
बिनोद कुमार सोनीले आफु नेपाल मै जन्मेको कृते डकुमेन्ट पेश गरि नेपाली नागरिकता लिएपछी सुनका गहनाको कालीगढी गर्नेक्रममा बिस्तारै सुन तस्करी कार्यमा संलग्न रहेको निजसंग हाल नेपालगञ्जमा मात्र रहेको सम्पती बिवरणले पनि पुष्टी गर्दछ ।
निज बिनोद कुमार सोनीको हकहिस्साको नेपालगञ्जको न्यूरोडमा ततकालिन समयमा ३ करोडमा खरिद गरेको घरमा जय माता दी र बिशाल ज्वलर्स नाम २ फर्मका बोर्ड टांसिएका छन तर त्यहां सुन खरिद गर्ने ग्राहक बिरलै आउने गरेको छरछिमेकहरुले जानकारी दिनुभएको छ ।
त्यसै गरि नेपालगञ्ज वडानम्बर ४ देवाफुलवारीमा करोडौं रुपैया बराबरको बिल्डिंग रहेको छ, जहां करिब १ महिना अघि नेपाल प्रहरीले छापा मारेर स्रोत बिनाको लाखों रुपैया पक्राउ गरेर बिनोद कुमार सोनी र निजका पैसा बोक्ने भरियालाई बांके प्रहरीले पक्राउ गरि प्रहरी हिरासत हुदै कोहलपुर स्थित राजश्वमा कार्बाहीको लागी पठाएको थियो ।
नेपाल प्रहरीको बांके देखि काठमाण्डौं सम्मको रिपोर्ट अध्ययन तथा संकलन गर्ने क्रममा निज बिनोद कुमार सोनी र निजको छोरा बिनोद कुमार सोनी पटक–पटक स्रोत बिनाको करोडौं रुपैया सहित थुप्रै पटक पक्राउ पर्ने र छुटने क्रम निरन्तर चलिरहेको देखिन्छ ।
प्रहरी र राजश्व अनुसन्धानको रिपोर्ट मात्रै केलाउने हो भने पनि निज बिनोद कुमार सोनी र निजको छोरा सुन तथा हुण्डी कारोबारका लागी करोडौं रुपैया सहित काठमाण्डौ र पटक–पटक बांकेमा प्रक्राउ परेको घटनाहरु यस अघि पनि सार्वजनिक भइसकेका छन।
२ नम्बरियाहरुले पैसा फालेर सहजै नेपाली नागरिकता हात पार्ने अनि नेपालमा आर्थिक तथा सामाजिक अपराधका बितण्डा मच्चाउने र त्यसलाई नियन्त्रण एवम नियमन गर्ने निकाय द्रब्य मोहमा नतमस्तक हुने कार्यले यस्ता खुंखार अपराधीहरुको मनोबल बढेर सावजनिकरुपमा बर्बरबराउनु त सामान्य दिनचर्या जस्तै बनिसकेको छ ।
त्यती मात्रै कहां हो र निज बिनोद कुमार सोनीले नेपालगञ्जको एकलैनीमा जन्मेको कृर्ते डकुमेन्ट पेश गरि जन्मको आधारमा नेपाली नागरिकता लिएपछी निजका छोराले नागरिता ऐन २०७९ बन्नु अघि नै बिक्रम सम्वत २०७६ सालमा बंशजको आधारमा जिल्ला प्रशासन कार्यालय बांकेबाट नेपाली नागरिकता लिएको देखिन्छ ।
हेनुहोस बिनोद कुमार सोनीको छोरा बिशाल सोनीले बंशजको आधारमा लिएको नेपाली नागरिकताको छांया कपी
बाबुले नेपाल मै जन्मेको कृते डकुमेन्टको आधारमा नेपाली नागरिकता हात पारेपछी छोरा बिशाल सोनीले गृह मन्त्रालयको बिक्रम सम्वत २०७५ मा गरेको एउटा परिपत्र जन्मसिद्धका आधारमा नेपाली नागरिता लिएका सन्ततीले बंशजको नेपाली नागरिकता दिने भनेको र त्यसको केही समयमा नै सार्वोच्च अदालतका रिट परि उक्त कार्य नागरिकता ऐन नबनाएर दिन नमिल्ने आदेश जारि उक्त नागरिता दिन रोकेको थियो ।
बिनोद कुमार सोनकिा जेठा छोरा बिशाल सोनीले कोड नम्बर ६६ भएको जिल्लाको रुपमा बंशजको आधारको पहिलो नागरिता बिक्रम सम्वत २०७६ सालमा नागरिकता नम्बर १६० मा लिएको जिल्ला प्रशासन कार्यालय बांकेको नागरिता लिदा खडा खरिएको अनुसूचि फायलमा देखिन्छ भने निजको नागरिकतामा हाल डोल्पा जिल्लामा रहेको एक स्थानिय निकायमा प्रशासकिय अधिकृत सेजुवालको हस्ताक्षर छ ।
यो एउटा घटना उदाहरण मुखि मात्र रहेको छ । कामका लागि नेपालका तराईका जिल्लामा आउने बिभिन्न कु–कर्म गरेर पैसा कमाउने अनि नेपाली नागरिता सहजै हात पारेर स्थानिय राज्य संयन्त्रहरुलाई द्रब्य मोहमा पारेर अपराध जगतका बादशाह बन्ने घटनाहरुको सूक्ष अध्ययन अनुसन्धान गरेर कार्बाहीको दायरामा नल्याउने हो भने यस्ता अपराधीहरुको मनोबल बढेर समाजमा यस्तै अपराधीहरुको बोलाबाला बढने र कालान्तरमा नेपाल फिजीको बाटोमा जाने उदाहरण यो घटनाले उजागर गरेको छ ।
Clicks here……
फेरी पनि धरौटीमा छुटे नेपालगञ्ज न्यूरोड स्थित जय माता दी ज्वलर्सका मालिक विनोद सोनी
हाम्रो संरचना । २८ श्रावण २०८१, सोमबार ०९:०७