एमालेबाट समानुपातिक सूची तयार कार्यकर्ता रुष्ट..

१५ कार्तिक,नेपालगञ्ज/   एमालेले प्रतिनिधिसभाको समानुपातिक सुचीमा नयाँ अनुहारलाई प्राथमिकता दिएको छ ।  समानुपातिकमा अनेरास्ववियु अध्यक्ष नविना लामा, नेता केशवलाल श्रेष्ठ, मुकुन्द न्यौपाने, पुष्प कँडेललगायत परेका छन् ।  

एमालेले सूर्य चुनाव चिन्हमा नै निर्वाचनमा गएका एकनाथ ढकालदेखि भर्खरै पार्टी प्रवेश गरेका चुरेभावर राष्ट्रिय एकता पार्टीका बद्रि न्यौपाने, समीममियाँ अन्सारी, व्यापारी मोति दुगड, पहिलो संविधानसभाकी सांसद शान्ता चौधरी पनि समानुपातिकमा छन् । एमालेले बामगठबन्धन र पहुचको भरमा गलत रिपोटिंग गरेकै आधारमा समानुपातीक सुचि तयार पारेको कार्यकर्ताले बताउदै आएका छन यसको असर निर्बाचनमा पर्ने अवस्था रहेको एमाले स्रोतले बताएको छ । केही जिल्लामा बागी उम्मेदवार उठन सक्ने पनि स्रोतले बताएको छ ।

एमालेबाट समानुपातिक सूची

सम्बन्धित शीर्षक