बामदेबको यस्तो हालत किन…? दुई गौतम बीच झिनो मतअन्तर,पछील्लो परिणाम सहित….

२४ मंसिर, नेपालगञ्ज/  बर्दिया क्षेत्र नम्बर १ मा बामदेब गौतम थोरै मत अन्तरले हार जित हुने निश्चित रहेको छ ।
पछील्लो मत परिणाम अनुसार लोकतान्त्रीक गठबन्धनका सञ्जय गौतम ३९४४५ र बाम गठबन्धनका बामदेब गौतम ३७५५८ रहेको छ ।   
पहिलेको भन्दा मत परिणाम घटदै गएपनि बर्दियामा अब करीब १३ हजार मत गन्न बांकी रहेको छ ।  बर्दियाको बारबर्दिया नगरपालीका पहलेको मंगरागढी र धधवार गाबिस रहेको वडा नम्बर ६ मगरागाढी, हर्नवा, सिउनीया र वडा नम्वर ८ को औरी दुधदा, थानफेना वडा नम्वर ९ बनगाई, कर्तनिया र वडा नम्वर १० वेलभार, बिजय नगरफांटाको करीब १३ हजार मत गन्न बांकी रहेको छ ।

सञ्जय गौतम

यो बारबर्दिया नगरपालीकामा बाम गठबन्धनको बाह’ल्यता रहेको ठांउ हो । बाम गठबन्धनको बाहुल्यता रहेको त्यसमा पनि माओबादी बलीयो भएको भनिएको पहिलेका सोरहवा गाबिसबाट सूर्य चिन्हमा निकै कम मत आएको मत गणनामा बसेका ब्यक्तीहरुले बताएका छन ।
मत गणनाको आंकलन गर्दा माओबादीले जितेको ठाउंमा बामदेबलाई निकै कम मत आएकोले बामदेबले थोरै मत अन्तरले हार्नसक्ने बताएका छन । तर अब गन्न बांकी रहेको ठाउं सुकुम्बासीहरुको ब्यवस्थीत बसोबास गरीएको ठाउं पनि रहेको छ र जसमा सञ्जयले आर्थिक लगानी गरेको समयमा बिवाद भएको घटना सार्वजनिक भइसकेको छ ।