नेपालगञ्जको पहिचान बनेका खाद्य प्रवधनका लागि “बाटिका फेष्टिवल” सम्पन्न

२३ फागुन, नेपालगञ्ज/  खानाका परिकारबाट पनि आन्तरिक तथा बाहय प्रर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ भन्ने मान्यताका साथ नेपालगञ्जको चिरपरिचित होटेल बाटिकाले शनिबार “बाटिका फेष्टिवल “आयोजना सम्पन्न गरेको छ ।

नेपालगञ्जका बिभिन्न गल्लीहरुमा आफनो छुटटै स्वाद र पहिचान बनाउन सफल खाद्यका बिभिन्न परिकारहरुको पहिचान र प्रवधन गर्ने उदेश्यले बाटिका फेष्टिवलको आयोजना गरिएको होटेल बाटिकाका प्रवन्ध निर्देशक शिवांगिनी राणाले जानकारी दिनुभएको छ ।

तस्विरमा होटेल वाटिकाका प्रवन्ध निर्देशक शिवांगिनी राना

सानै उमेर देखी मानव सेवा भावनाले ओतपोत भएकी शिवांगिनीले जहां गएपनि आफनो क्यारियरको क्षेत्रमा नयांपन दिनखोज्ने स्वाभावले स्ट्रिट फुड फेष्टिवलको कन्सेफट आएको बताउनु भयो ।

होटेल बाटिकाकै परिसरमा आयेजना गरिएको १ दिने बाटिका फेष्टिवलमा बिभिन्न सांगितिक कार्यक्रममा साथ गुणस्तरिय र स्वादका कारण नेपालगञ्जको पहिचान बनाउन सफल रावडी, हलुवा परौठा, पानी पुरी लगायतका २५ वटा खाद्य स्टलहरु रहेका थिए ।

बाहिरबाट नेपालगञ्जगञ्ज आउने प्रर्यटकले नेपालगञ्जको ठाउंको पहिचानको साथसाथै जिब्राकोे स्वाद पनि नर्बिसने भएकाले प्रर्यटकको आकर्षण गर्न खाद्य बस्तु पनि महत्वपूर्ण भएकाले यस किसिमको फेष्टिवल पहिलो पटक भए पनि आगामी दिनमा यसले सकारात्मक प्रभाव पार्ने नेपालगञ्जका नगर प्रमुख डा. धवल शम्शेर राणाले उक्त फेस्टिवल अवलोकनको क्रममा आफनो बिचार ब्यक्त गर्नुभएको थियो ।