बाँकेको कोहलपुरमा जिल्ला स्तरीय “बुम रेमिट छात्र क्रिकेट प्रतियोगिता” सुरु : मंगलबार भएको खेलमा सेन्ट थोमस नेपालगञ्ज बिजयी

प्रतियोगिताको उदघाटन गदै कोहलपुर नगरपालिकाकी उप-मेयर सन्जुकुमारी चौधरी

९ माघ,कोहलपुर/ मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा बाँकेको कोहलपुरमा मंगलबार देखि जिल्ला स्तरीय बुम रेमिट छात्र क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको कोहलपुर नगरपालिकाकी उप-मेयर सन्जुकुमारी चौधरी र लाईन्स क्लब ईन्टरनेशनल ३२५ बि–२ का डिस्ट्रक गर्भनर मधुसुधन शर्माले संयुक्त रुपमा ब्याटिङ र बलिङ गरी प्रतियोगिताको उघाटन गर्नुभएको छ ।

मंगलबार भएको खेलमा सेन्ट थोमस नेपालगञ्जलेले नोबेल स्कुल कोहलपुरलाई ३३ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट थोमसले निर्धारित २० ओभरको खेलमा पुरै विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो ।

जसका लागि सुरेन्द्र शाहीले ३५ रन, सुभाष कटवालले १९ रन र उमेश शाहीले १८ रन बनाएका थिए भने नोबेल स्कुलका विनायक विसीले ३ र भुपेन्द्र सिंहले २ विकेट लिएका थिए ।
१ सय २६ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको नोबेल स्कुलले १३ ओभर १ बलमा पुरै विकेट गुमाउँदै ९२ रन मा समेटिए पछि सेन्ट थोमले जित हासिल गरेको हो । ९२ रन बनाउने क्रममा विशाल खनाल र पवन रेग्मीले १३–१३ रनको योगदान दिएका थिए ।

नोबेलको ब्याटिङ लाइनलाई धरासायी पार्ने क्रममा सेन्ट थोमसका प्रवल शर्माले ५ विकेट र भुपेन्द्र बिसीले ४ विकेट लिएका थिए । सो खेलको म्यान अफ द म्याच ५ विकेट लिएका सेन्ट थोमसका प्रवल शर्मा घोषित भए ।
प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो खेल बागेश्वरी एकेडेमी ‘बी’ र सगरमाथा ज्ञानपुञ्ज बिच तथा दोस्रो खेल श्रीचन्द्र मेवालाल र मोर्डन पब्लिक स्कुल नेपालगन्ज बिच हुने आयोजकले जनाएको छ ।