निर्वाचन आयोगबाट राष्ट्रियसभामा २४ जना निर्विरोध घोषणा, को को भए निर्विरोध नामावली सहित

१५माघ, नेपालगञ्ज/ राष्ट्रियसभामा सातवटा प्रदेशबाट निर्वाचित हुने ५६ सदस्य मध्ये २४ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले सोमबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । विभिन्न कलष्टरका २४ सिटमा निर्वाचित हुने संख्या अनुसार नै उम्मेदवारी परेकाले ती व्यक्तिहरु निर्विरोध निर्वाचित भएका हुन् । बाँकी ३२ सिटका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धी छन् ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ राष्ट्रियसभा सदस्य चुनिने छन् । संविधान अनुसार उक्त संख्यामा कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीनजना हुनेछन् ।
प्रदेश नम्बर २ मा ८ वटै पद निर्विरोध निर्वाचित भएका छन् । केही उम्मेदवारले नाम फिर्ता लिएपछि अन्य प्रदेशमा पनि कतिपय सिट निर्विरोध भएको हो ।

प्रदेश नम्बर १ मा ६ जना,
प्रदेश नम्बर २ मा ८ जना,
प्रदेश नम्बर ४ मा १ जना,
प्रदेश नम्बर ५ मा ३ जना
र प्रदेश नम्बर ७ मा ६ जना निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश नम्बर ३ र ६ को ८ वटै पदका लागि निर्वाचन हुने भएको छ ।
अन्य प्रदेशको हकमा भने निर्विरोध भएर बाँकी रहेको सिटमा मात्रै निर्वाचन हुने हो । राष्ट्रियसभाको निर्वाचन माघ २४ गते तोकिएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा ३ जनाभने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।
निर्विरोध हुनेहरुको नामावली :